default_image

8 years ago

May 8, 2018

एपिएफलाई बर्षको पहिलो भलिबल उपाधि

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अघिल्लो बर्षको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लबले उपाधिका साथ यो बर्षको सुरुवात गरेको छ । एपिएफले मंगलबार चौथो सस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले बर्षको पहिलो उपाधि जितेको हो ।

एपिएफले गत बर्ष १० मध्ये ९ वटा प्रतियोगिताको उपाधि जितेको थियो । अघिल्लो बर्ष शिवम् न्यु डायमण्ड कप बाहेक सबै प्रतियोगिताको फाइनलमा एपीएफले न्यु डायमण्डलाई पराजित गरेको थियो । यसपटक भने न्यु डायमण्डले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।

यसपटक भने एपीएफले फाइनलमा नयाँ प्रतिद्वन्द्वी पाएको थियो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको एपिएफले पहिलो सेट सहजै २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट केही प्रतिस्पर्धात्मक भएपनि २५–१९ ले जित्दै खेल २–० ले अघि बढेको थियो ।

एक समय पुलिसले ७–१० को अग्रता बनाएको थियो । पुलिसका कामना विष्टले सर्भिसमा अंक गुमाउदा र एपएिफका रेश्मा भण्डारी सरस्वती चौधरीले स्पाइकबाट दुई अंक जोडेपछि खेल १०–१० को बराबरीमा पुगेको थियो । १२–१२ को अवस्थामा रहँदा पुलिसले लगातार अंक गुमाएको थियो । पुलिसले ७ अंक मात्र जोड्न सक्दा एपिएफले १३ अंक जोड्न सफल भएको थियो ।

तेस्रो सेटमा पनि पुलिसले सुरुवातमा राम्रो प्रदर्शन गर्नाका वावजुद २५–१७ ले खेल गुमाएपछि एपिएफ च्याम्पियन बनेको थियो ।

त्यसअघि तेस्रो स्थानको लागि भएको गत वर्षको उपविजेता शिवम् न्यु डायमण्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघमाथि ३–० को सहज जित निकाल्यो । एक पक्षीय खेलमा डायमण्डले पश्चिमाञ्चलमाथि २५–१४, २५–१६ र २५–१४ को सहज जित निकाल्यो ।

उपाधिसँगै एपीएफले १ लाख ५० हजार रुपैया प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले १ लाख तथा तेस्रो भएको डायमण्डले ५० हजार रुपैया प्राप्त गर्यो ।

जितपछि एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले भलिबललाई चाहिने सबै पक्ष (स्पाइक, ब्लक, रिसिभ र डिफेन्स) बलियो हुदा लगातार च्याम्पियन बन्न सफल भएको बताए ।

‘एउटै सेट टिम हुदा हामीले सहज नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं । विपक्षी टिममा नयाँ र पुराना खेलाडीको तालमेल नमिल्दाको फाइदा हामीलसे लियौं ’ प्रशिक्षक विष्टले भने, ‘फाइनलमा नयाँ प्रतिद्धन्द्धीको रुपमा पुलिसलाई पाएपनि उनीहरुको कमजोरीलाई केलाएर खेल्दा सहज जित हात पार्न सफल भयौं । दोस्रो सेटमा रिसिभ र ब्लकमा तालमेल नमिल्दा अंक गुमाएपनि त्यसलाई सुधार गर्दै खेल्दा जित सहज भयो ।’

पराजित टिमका प्रशिक्षक रुपेश विष्टले रिसिभमा समस्या र घाइते खेलाडीलाई रिस्क लिएर खेलाउदा नै नजिता आफ्नो पक्षमा पार्न नसकिएको बताए । उनले भने ‘मुख्य खेलाडी कामना विष्ट फिट नहुदै हामीले रिस्क लिएर खेलायौं । उनले आफ्नो तर्फबाट सक्ने खेले । तर, प्राय नयाँ खेलाडीहरु रहेकाले तालमेल मिलाउन केही गाह्रो भयो ।’

विजेता, उपविजेता र तेस्रो टोलीका खेलाडीलाई राखेपका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, कन्सई नेरोलिक पेन्टस् (केएनपी) का प्रतिनिधि र शिवम् सिमेन्टका प्रतिनिधिहरु पुरस्कृत गरे । बैशाख २१ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.