default_image

8 years ago

May 11, 2018

आरआरवी एनभिए क्लब लिग भलिबल जेठ चौथो सातादेखि, पुरुषको जाकार्ता एसियाडपछि

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको आरआरवी–एनभिए महिला क्लब लिग भलिबल जेठ चौथो सातादेखि काठमाडौंमा सुरु हुने भएको छ ।

आयोजक नेपाल भलिबल संघले राजधानीमा पत्रकार सम्मेलनका आयोजना गर्दै प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा गत फागुन १३ गतेदेखि १९ गतेसम्म भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपका उत्कृष्ट ६ टोलीले प्रतिस्पर्धा गर्नेछ । महिला र पुरुष टोलीको सँगसँगै प्रतियोगिता गर्ने संघले यसपटक पुरुष टोली जाकार्ता एसियाडका लागि प्रशिक्षणमा बस्नुपर्ने भएकाले महिलाको मात्रै प्रतियोगिता गर्नुपरेको संघका महासचिव चन्दले जानकारी गराए । पुरुषको एसियाडपछि गरिने उनले बताए ।

एसियाडमा महिला टिमको सहभागिताको सन्दर्भमा महासचिव चन्दले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सग निरन्तर अनुरोध गरिरहेपनि यसपटक महिला टिमको सहभागिता ज्यादै न्यु रहेको बताए ।

‘एसियाडमा महिला टिमको सहभागिता ज्यादै न्युन छ । हामीले झुटो बोल्नु हुदैन । संघले दुवै टिमलाई सहभागी गराउन पहल गरिरहेका छौं । पुरुष टिमको पक्का भएको छ ।’ महासचिव चन्दले भने, ‘संघले अझै पहल गरिरहेको छ । तर, महिला टिमको सहभागिता न्युन छ । मन्त्रालयमा बुधबार र बिहिबार फलोअप रहेको त्यसपछि नै यस विषयमा जानकारी आउनेछ ।’


राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शिवम् न्यु डायमन्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा एक टिमले कम्तीमा पनि ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुने टोलीले ५० हजार र चौथो हुने टोलीले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरण श्रेष्ठले संस्थाले आगामी दिनमा पनि प्रायोजनलाई निरन्तरता दिने बताए । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले संघलाई अप्ठ्यारो परेको बेला राष्ट्रिय बाणिज्य बैंकले दुई बर्षका लागि सर्वाधिक २० लाखको प्रायोजन गरेको स्मरण गर्दै पूनः सहकार्य हुनेमा विश्वस्त रहेको बताए ।

पत्रकार सम्मेलनमा संघकी उपाध्यक्ष निरोज मास्के, सचिव मनवीर छन्त्याल, सदस्यद्धय ज्योती केसी, इन्दिरा निरौलालगायतको उपस्थिति रहेको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.