default_image

8 years ago

May 12, 2018

प्रदेश ५ र १ सभामुख भलिबलको क्वाटरफाईनलमा

166 views

0 Bookmark

लिवाङ (हाम्रो खेलकुद)– प्रदेश ५ र १ सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको क्वाटरफाइनलमा पुगेका छन् । रोल्पाको लिवाङ सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ले प्रदेश १ लाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा हराउदै समूह ‘ख’ बाट विजेताको हैसियतमा अन्तिम आठमा पुगेको हो ।

हारका वावुजद प्रदेश नम्बर १ उपविजेताको रुपमा क्वार्टरफाइनलमा पुगेको छ । महिलाकै अन्य खेलमा विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब विजयी भएका छन् । पुलिसले प्रदेश ७ लाई २५–७, २५–९ र २५–९ लाई र एपिएफले प्रदेश ४ लाई २५–६, २५–२२ र २५–४ को सोझो सेटमा हरायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ पनि प्रदेश १ र प्रदेश ६ क्वाटरफाईनल पुगेका छन् । प्रदेश १ ले प्रदेश ६ लाई २५–१९, २५–१० र २५–१२ को सोझो सेटमा हराउदै समूह ‘ख’ को विजेताको रुपमा अन्तिम आठमा पुगेको छ । प्रदेश ६ पराजित भएर पनि क्वाटरफाईनलमा पुगेको छ ।

पुरुषका अन्य खेलमा त्रिभुवन आर्मी क्लब र पुलिस विजयी भए । आर्मीले प्रदेश ३ लाई २५–२१, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो । पुलिसले प्रदेश ७ लाई २५–१८, २७–२५ र २५–१३ ले पराजित गर्यो । सभामुख कृष्णवहादुर महराले उद्घाटन गरेको प्रतियोगिता जेठ २ गतेसम्म संचालन हुनेछ ।

पुरुष महिला दुवै समूहका टिमलाई चार समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगिताका दुवतर्फका विजेता विजेताले ३ लाख ५० हजार, दोस्रो हुने टोलीले २ लाख र तेश्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । ५५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा दुवैतर्फ सातै प्रदेश र तीन विभागिय टोली गरि समान १० टोलीको सहभागिता रहेको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.