8 years ago
May 27, 2018
काभ्रे (हाम्रो खेलकुद)– प्रथम बेथानचोक कप आमन्त्रण भलिबल प्रतियोगिताको उद्घाटनमा आयोजक गाँउपालिकाको बी टोली पराजित भएको छ । काभ्रेको बेथानचोक २ स्थित पार्वती बहुमुखी क्याम्पसको कोर्टमा शनिबार भएको खेलमा आयोजक बी न्यू गौखुरेश्वरसँग २–१ ले पराजित भएको हो ।
तस्बिरहरु – विवेक सुवेदी/हाम्रो खेलकुद
अन्य खेलमा खानीखोला गाँउपालिकाका दुवै टोली, बनेपा नगपालिका र बागमती गाँउपालिकाको टोली विजयी भए । खानीखोला बीले मिल्चे तामाङ एकता समाज, खानीखोला एले कुशादेवीलाई, बनेपाले बेथानचोक एलाई र बागमतीले मन्डन देउपुर नगरपालिको टोलीलाई पराजित गरेको छ ।
बेथानचोक गाँउपालिकाको खेलकुद समितिले आयोजना गरेको प्रतियोगितालाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले उद्घाटन गरेका थिए । उनले भलिबल विकासका लागि संघ गाँउपालिकालाई सहयोग गर्न तयार रहेको बताए ।
गाँउपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गणतन्त्र दिवसको अवसरमा भलिबल आयोजना गरेको र आउने दिनमा पनि खेलकुदका अन्य प्रतियोगिता आयोजना गर्ने बताए । मंगलबारसम्म चल्ने प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]