7 years ago
June 17, 2018
पोखरा (हाम्रो खेलकुद) – ओलम्पिक डे रनको अवसरमा पोखरामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमण्ड क्लबलाई ३–२ ले हराएको छ । केहि दिन अघि सम्पन्न राष्ट्रिय वाणिज्य बैंक महिला लिगमा न्यु डायमण्डलाई हराएर एपिएफले जितेको थियो ।
दुइ दिन देखि पोखरामा लगातार वर्षका कारण प्रतिकुल रहेको मौसममा खेल सुरु गरिएको थियो । खेल भइरहँदा समेत वर्षाले खेल अवरुद्ध पारेको थियो । राष्ट्रिय महिला खेलाडीले भरिएका दुबै टिमको खेल हेर्न उपस्थित दर्शकलाई वर्षाले निराश बनाएको थियो । दुबै टिमको खेल पनि उत्तिकै उत्तेजक र रोमाञ्चक पनि रह्यो ।
न्यू डायमण्डले एपिएफलाई पहिलो सेटमा आफ्नो दबदबा कायम राख्दै पहिलो सेट २५–१७ र दोश्रो सेट २५–२० स्कोरले रोके पनि एपिएफ खेलमा फर्किदै तेश्रो सेट २५–२० र चौथो सेट २५–१६ को स्कोरले आफ्नो पक्षमा पार्न सफल रहेको थियो । पाँचौ तथा अन्तिम सेटमा संघर्षपूर्ण खेलमा एपिएफले १५–१३ को अंकमा न्यू डायमण्डलाई पाखा लगाउँदै आफू उत्कृष्ट नैरहेको प्रमाणित पनि गरेको छ ।
खेललाई पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिशीले उद्घाटन गरेका थिए । सो अबसरमा मेयर जिशीेले नेपाल भलिबल संघले पोखरामा ओलोम्पिक डे मनाउन महिला भलिबल खेलको आयोजना गरेर पोखराको शान बढाउन सहयोग पु¥याएको बताए ।
नेपाल भलिबल संघका उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिब जितेन्द्र बहादुर चन्द, सचिब डिबी नेपाली लगाएतले आलोम्पिक डेको महत्व र सन्दर्भका बारेमा बोलेका थिए । सो अबसरमा भलिबलको गितमा सोसियल पव्लिकका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
हरेक वर्ष जुन २३ लाई अन्तराष्ट्रिय ओलोम्पिक कमिटीले आधुनिक खेलको सुरुवात भएको मान्दै त्यसको सम्मानमा ओलोम्पिक डे मनाउने प्रचलन रहि आएको छ । नेपालमा नेपाल ओलोम्पिक कमिटीले एक साता सम्म विभिन्न खेलहरुका आयोजना गरि यो दिवश मनाउने कार्यक्रम रहेको छ । नेपालमा शनिबार बाट औपचारिक रुपमा कायक्रम सुरु भएको हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]