7 years ago
June 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– होम पुन र कुन्दन शाहीको जोडी चौथो सेब टु ‘ए’ साईड खुला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा शनिबार भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
पहिलो सेटमा होम र कुन्दनको जोडीले २१–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो खेलमा पुनरागमन गर्दै मनवीर र सोवितको जोडीले १८–२१ ले आफ्नो पक्षमा पारेका थिए । निर्णायक सेटमा २१–१० को जित निकाल्यो ।
उपाधिसँगै होम र कुन्दनले उपाधिसहित ३५ हजार रुपैयाँ पुरस्कार पाए । उपविजेता मनवीर र सोवितले २० हजार पुरस्कार पाए । युवराज छन्त्याल र सन्तोष बुढाले वाकओभर दिएपछि प्रकाश शेरचन र ओमप्रकाश जिसीको जोडीले तेस्रो स्थान हात पा¥यो । उनीहरुले १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको मुख्य प्रायोजक सेव स्कुलका प्रधानअध्यापक युवराज थापाले पुरस्कृत गरे । चार दिने प्रतियोगिताको उत्कृष्ट खेलाडी होम पुन घोषित भए । प्रतियोगितामा ५८ टिमले नकाउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]