7 years ago
July 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेवाः पुचः युएईले आफ्नो स्थापनाकालको अबसर पारेर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आफ्नो स्थापनाकालको अवसर पारेर पहिलोपटक ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लािएको नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष भूपराज बस्यालले जानकारी गराए ।
बकर इदको दिन २०१८ अगस्त २३ मा आयोजना हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ३ हजार ५ सय दिराम र दोस्रो हुनेले २ हजार ५ सय दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नेपाली चुल्हो प्रमुख प्रायोजक रहेको यस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । खेलहरु दुबईस्थित जेवेल अलि नुजाल भलिबल कोर्टमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]