7 years ago
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा पहिलोपटक प्रथम खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने पहिलो संस्करणको खुल्ला पुरुष बिच भलिबल प्रतियोगिताको लागि तीब्र तयारी भैरहेको आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।
प्रतियोगिता १ भदौबाट ३ भदौसम्म पोखरा फेवातालको किनार बाराही घाटमा हुनेछ । पोखरालाई खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्न तथा बिच भलिबलका खेलाडी उत्पादनलाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष भिम पराजुलीले जानकारी गराए ।
उनले तीन दिने प्रतियोगितामा २५ भन्दा बढी टिमको सहभागिता रहने समेत बताएको छ । प्रतियोगिताको विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पोखरामै बिच भलिबल हुने भएका कारण यो प्रतियोगिताले तयारीलाई सहयोग हुने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङले बताए ।
कुल ४ लाख ८५ हजार खर्च लाग्ने प्रतियोगितालाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती, कास्की जिल्ला खेलकुद विकास समिती, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ लगायत विभिन्न संघ सस्थाहरुले सहयोग गरेको छ । टिम दर्ताको लागि साउन ३० गते सम्म समय तोकिएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]