7 years ago
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)- ३२ वर्षपछि एसियाड भलिबल खेल्ने तयारीमा रहेको नेपाली पुरुष भलिबल टिमलाई पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुले बिदाई गरेका छन् ।
नेपालको पहिलो महिला राष्ट्रिय टिमकी कप्तान कल्पना रानाको नेतृत्वमा आठौं र १० औं सागका कास्य विजेता महिला टिम र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका प्रशिक्षकहरुले नेपाली पुरुष टिमलाई सोमबार सफलताको शुभकामनासहित बिदाई गरेको हो । कल्पना २०३७ सालमा नेपाली महिला टिमको कप्तान बनेकी थिइन् ।
नेपाली टोली शुक्रबार एसियाडका लागि इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ । नेपालले करिव तीन महिनादेखि निरन्तर प्रशिक्षण गरिहेका छन् । एसियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ।
नेपालको समूहमा दक्षिण कोरिया र चाइनिज ताइपेई रहेका छन् । नेपालले पहिलो खेल भदौ ६ गते चाइनिज ताइपेईसँग र दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्नेछ । कम्तीमा एक खेल जित्दै नेपाल शीर्ष १० मा पर्ने योजनामा छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]