default_image

7 years ago

August 24, 2018

एसियाड भलिबल : नेपाल समूह चरणबाटै बाहिर

174 views

0 Bookmark

दिपक न्यौपाने
जाकार्ता – नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ ।

नेपाली भलिबल टाली । फाइल तस्बिर

 

गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपालले पहिलो सेट २५–१६ ले गुमाएको थियो । दोस्रो सेट २५–१३ ले गुमाएको नेपाल अर्को सेटमा  २५-१४ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा चाइनिज ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.