7 years ago
August 25, 2018
ललितपुर (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय भलिबल खेलाडी दुर्जकुमार राई खेल जीवन सम्झेर शनिबार एउटा कार्यक्रममा निकै उत्साहित रुपमा प्रस्तुत भए । उनले आफ्नो खेल जीवनको सुरुवातदेखि प्रहरी सेवामा प्रवेश सम्मको विषय उपस्थित भलिबलका पुराना खेलाडीलाई साट्दा अरु पनि उनका कुरा सुन्न ध्यानमग्न थिए । म एउटा समान्य गरिब परिवारमा जन्मेको मान्छे , खेलकै कारण मैले धेरै अघि बढ्ने अवसर पाए, शसस्त्र प्रहरी बलका पूर्व महानिरिक्षक समेत रहेका रार्ईले भने, मेरो बुबा पूर्व सेना भएका कारण पनि मलाई खेलाडी बन्ने प्रेरणा मिलिरह्यो ।

भोजपुरमा हुँदाको स्मरण गर्ने क्रममा उनले भने, ‘बिहान ४ बजे बुबाले बुटले गोलीगाठामा हिर्काउदै उठाउनु हुन्थ्यो । त्यसपछि म बुवासँगै दौडिन्थे । गाँउमा भलिबल खेलेर जितेको दिन बुबाले भाले काट्नु हुन्थ्यो । हारेको दिन कुटाई खानु पर्ने अनि गोठमा सुत्न पर्ने हुथ्यो ।’
समान उमेरका आफ्ना मामाले एकपटक झुट बोलेर भाले काट्न लगाएको प्रसंग कोट्उँदै राईले भने, ‘मामालाई मासु खान मन लागेको रहेछ । घर पुगेर भिनाजु भान्जाले आज खेल जित्यो भनेपछि बुबाले भाले काट्न भयो । मासु त खाइयो भोली बुबालाई थाहा हुन्छ भनेर आफुलाई रात भर निन्द्रा परेन । भोली पल्ट बुबाले चिया पसल पुगेर थाहा पाइहाल्नुभयो । म बिहानी चाडै घरबाट निस्के । यस्ता थ्रुपै प्रसंग छन् । अहिले पनि सम्झदा आनन्द लाग्छ । ‘
जावलाखेल भलिबल प्रशिक्षक केन्द्र र पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडीको संयुक्त आयोजनामा भएको पूर्नमिलन तथा तिजको शुभकामना कार्यक्रममा राईले आयोजकलाई मात्र धन्यवाद दिएनन्, नेपाली भलिबलको विकास क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकांशलाई स्मरण गरे ।
सन् १९८२ मा एसियाडमा समेत नेपालको प्रतिनिधित्व गरेका राईले अर्को वर्ष एसियन च्याम्पियनसिप खेलेका थिए । उनले जर्मनीको हेमबर्गाबाट छ महिना व्यवसायिक भलिबल खेलेको स्मरण गर्दै झन्डै साढे सात वष भलिबल खेलेर पुलिसमा प्रवेश गरेपछि खेल जीवनको अन्त्य भएको प्रसंग सुनाए । उनले नेपालको भलिबल विकास क्रममा धेरैको भूमिका रहेको भन्दै राष्ट्रिय भलिबल टोलीका पूर्व मुख्य प्रशिक्षक प्रचण्डबहादुर सिंहदेखि थ्रुपै भलिबल हस्तिलाई स्मरण गरे ।
नेपालमा हरेक जिल्लामा सबैभन्दा बढी खेलिने भलिबल भएको उल्लेख गर्दै भने, भौगोलिक कारण, खेलाडी संख्या र सानो ठाँउमा पनि खेल्न सकिने भएकोले यसको लोकप्रियता थियो । हाम्रो समयमा फुटलब सिमिति जिल्लामा सदरमुकाममा मात्र हुन्थ्यो । भलिबल देशका सबै जिल्लामा हुन्थ्यो ।
पूर्नमिलन कार्यक्रममा पूर्व प्रशिक्षक सिंह, नेपाली पुरुष टोलीका पूर्व कप्तान ऋषि आचार्य, महिला कप्तान हेमा प्रधानलाई सम्मान गरिएको थियो । त्यस्तै दुई पटक एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने भलिब खेलाडी गंगाराम राजकर्णिकारलाई विशेष सम्मान गरिएको थियो । सोही अवसवरमा सुस्मिता देउलालाई प्रोत्साहनका लागि भलिबल र अन्य सामग्री प्रदान गरिएको थियो । पूर्व महिला खेलाडीले सुस्मिताको अध्ययनको लागि समेत व्यवस्था मिलाएको जनाइएको छ ।
पूर्व प्रशिक्षक सिंहले पुराना र नयाँ खेलाडीलाई एकै थलोमा जमघट गराएर सकारात्मक पहल गरेको उल्लेख गर्दै भने, ‘यो भलिबल संघले गर्नुपर्ने कार्यक्रम तपाईहरुले गर्नुभयो । त्यसका लागि धन्यवाद ।’ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई कास्य पदक दिलाउने महिला भलिबल टोलीकी कप्तान अन्जु श्रेष्ठ अमात्यको संयोजकत्वमा भएको कार्यक्रममा भलिबल खेलाडी उत्पादनमा सहयोगी भूमिका निर्वाह गर्न र अप्ठेरोमा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्य रहेको बताइन् ।
ललितपुर महानगरपालिकाकी उप मेयर गीता सत्यालले पूर्व खेलाडीका लागि महानगरपनि सहयोगका लागि तयार रहेको बताइएन् । आयोजक समितिकी सदस्य इन्दिरा निरौलालले अहिले सम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको नामावली संकलन, खेलाडी उत्पादन र अक्षयकोष स्थापनाका लागि पहल लिने अभियानको सरुवातका रुपमा पुर्नमिलन कार्यक्रम आयोजना गरेको बताइन् । महिला पूर्व कप्तान हेमा प्रधान, पूर्व भलिबल खेलाडी समेत रहेका पूर्व एआईजी अमरसिंह शाहले सकारात्मक कदमको पहलका लागि आयोजकलाई धन्यवाद दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]