7 years ago
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्रिकेट एकेडेमी र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर राजधानीमा जारी मिलानो नेक्सस कप यु–१६ टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा स्याङ्जा क्रिकेट एकेडेमीले लालिगुरास क्रिकेट एकेडेमी झापालाई ८ विकेटले पराजित गरेको हो । झापाले दिएको ८५ रनको सामान्य लक्ष्य स्याङ्जाले ८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो । स्याङ्जाका अनित बरालले २७ रन बनाए । मनोज गौतमले २१ रन तथा सुजन गौतमले १७ रन जोडे । झापाका उज्ज्वल राजवंशी र स्वागत उप्रेतीले समा १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको झापाले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ८४ रनको सामान्य योगफल तयार पारेको थियो । झापाका आकाश खत्रीले ३२ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । स्याङ्जाका गणेश बस्यालले ३ तथा सुदिप गौतम, गोबिन्द खत्री र क्रिस भण्डारीले समान २–२ विकेट लिए । स्याङ्जाका गणेश बस्याल म्यान अफ दि म्याच घोषित भए ।
शनिबारै भएको अर्को खेलमा सनराईज महेन्द्रनगरले आयोजक नेक्सस बी लाई ८ विकेटले पराजित ग¥यो । ५० रनको सामान्य लक्ष्य महेन्द्रनगरले ५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । महेन्द्रनगरका सुवोध ऐर र दीपक बोहोराले ३४ रनको साझेदारी गर्दै जित दिलाए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]