7 years ago
December 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स गोदावरीले फादर मोरान स्मृती फुटबल प्रतियोगितामा मंगलबार डिएभी सुसील केडिया विश्व भारतीलाई ५–१ ले हराएको छ ।
आयोजक टोलीका लागि अभिषेक लो र मानिक चौधरीले समान २ तथा सुभय मर्हजनले गोल गरे । एल्भिन मर्हजनले डिएभलीका लागि गोल गरे । मानिक खेलको म्यान अफ दी म्याच घोषित भए ।
मंगलबारको अर्को खेलमा मोर्डन इन्डियन स्कुलले क्रेसेन्ट एकेडेमीलाई ३–२ ले हरायो । विजयी टोलीका लागि जेनिस दवाडीले २ र अर्को गोल रोजन बज्राचार्यले गरे । पराजित टोलीका लागि सुजल तामाङ र रेयस लामाले गोल गरे । विजयी टोलीका देवराज ढुंगाना खेलको म्यान अफ म्याच घोषित भएका थिए ।
२३ औं संस्करणको प्रतियोगिताअन्तर्गत मंगलबारको अर्को खेलमा मोरान मेमोरियल स्कुल र विद्या सस्कार स्कुलले गोलरहित बराबरी खेले । मोरानका युवराज राजबंशी म्यान अफ द म्याच भए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]