default_image

7 years ago

December 13, 2018

आयोजक सेन्ट जेभियर्स र एलए फेरि फाइनलमा

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स, गोदावरी र लिटिल एन्जल्स (एलए) २३औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छन् । गत वर्ष पनि यी दुई टोलीलाई फाइनलमा भिडेका थिए । जसमा एलएले बाजी मारेको थियो ।

आयोजक विद्यालयको मैदानमा बिहीबार भएको सेमिफाइनल जित्दै सेन्ट जेभियर्स र एललेले एकअर्कासँगको भेट पक्का गरेका थियो । जेभियर्सले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई १–० गोलले पराजित ग¥यो । सुभय महर्जनले निर्णायक गोल गरे ।

अर्को खेलमा एलएले मोरान मेमोरियल स्कुल, महेशपुर, झापालाई २–१ गोलले हरायो । एलएका आशुतोष लवत र प्रसुन तुलाधरले समान १ गोल गरे । मोरानका युवराज राजवंशीले १ गोल फर्काए । फाइनल शनिबार हुनेछ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.