7 years ago
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अंकुर बिद्याश्रम र रेडियन्ट पब्लिक स्कुल यू १२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
एपेक्स लाइफ स्कुलले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा अंकुरले आयोजक एपेक्सलाई ५–४ ले र रेडियन्टले किड्स लर्निङ स्कुललाई ३-२ ले हराएको थियो ।
प्रतियोगिताको फाइनल शुक्रबार हुने एपेक्स लाइफ स्कुलका संयोजक प्रकाश भट्टराईले जानकारी दिए । प्रतियोगितामा एपेक्स लाइफ स्कुल, युरो स्कूल, किड्स लर्निङ स्कुल, द एक्सलिएर स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम, शुभतारा स्कुल, जोसेफ हाई स्कुल, सिद्धार्थ बनस्थली स्कुल, पनिनि स्कुल, मेरिडियन इन्टरनेशनल स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल लगायतका टिमहरुको सहभागिता रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]