7 years ago
March 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नख्खु फुटसलले दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नख्खुले दिलिप स्मृति प्रतिष्ठानलाई ५–३ गोलले पराजित ग¥यो । नख्खुका रफी महर्जन र भुवन राउतले २–२ तथा अभय राणाले १ गोल गरे । प्रतिष्ठानबाट अनिल खड्का, दिपेन्द्र खत्री र अमुल लामाले गोल गरे । उपाधिसंगै नख्खुले ७५ हजार तथा प्रतिष्ठानले ५० हजार नगद पुरस्कार पाए ।
सामाखुशी फुटसलमा भएको प्रतियोगितामा नेपाल रोलबल संघले तेश्रो स्थानमा चित्त बुझायो । रोलबलले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागलाई टाइब्रेकरमा ३–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । रोलबलले २५ हजार नगद पुरस्कार हात पा¥यो ।
प्रतिष्ठानका आशिष सोनाम उत्कृष्ट खेलाडी तथा नख्खुका अनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोज मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा ११ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष महेश महर्जनले जनाएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]