7 years ago
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको फ्रेन्ड्सल क्लबे आगामी जेठ २९ गतेदेखि हुने ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट सुरु गर्ने भएको छ ।

क्लबले ललितपुर कुपन्डोलस्थित क्लबको मैदानमा खेलाडी छनोट सुरु गरेको छ । यस वर्ष यू-१८ लिगमा २०५८ पुष १८ देखि २०६१ पुष १८ सम्म जन्मेका खेलाडीले सहभागी हुन पाउनेछन् । विगतको संस्करणमा पनि क्लबले खुला छनोटबाट नै खेलाडी छान्ने गरेको थियो ।
क्लबका प्रशिक्षक श्रीराम श्रेष्ठले प्रशिक्षण सुरु गरिसकेका छन् । उत्कृष्ट खेलाडीलाई क्लबले अहिले देखि नै बन्द प्रशिक्षणमा राख्ने समेत क्लबले जनाएको छ । इच्छुक खेलाडीले क्लबका प्रशिक्षक श्रेष्ठलाई (९८४१२४७०१५) सम्पर्क गर्न सक्ने क्लबले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]