7 years ago
May 22, 2019
धनगढी (हाम्रो खेलकुद)- एसटिएस टेलिभिजनले धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फ्ल्याटल्याण्ड फुटसलमा बुधवार भएको फाइनल खेलमा पश्चिम टुडेलाई १४–४ को फराकिलो गोल अनतरले पराजित गर्दै एसटिएसले उपाधि जितेको हो ।

सटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे । पश्चिम टुडेका लागि दिपक उपाध्याय र रोशन चौधरीले समान २ गोल गरे । उपाधिसँगै एसटिएसले नगद १५ हजारसँगै ट्रफी पायो । पश्चिम टुडेले नगद ७ हजार सहित ट्रफी हात पार्यो ।
पश्चिम टुडेका दीपक उपाध्याय प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । पश्चिमकै आभाष उपाध्याय उत्कृष्ट गोलरक्षक र सागर साह सर्वाधिक गोलकर्ता एसटिएसका भए । दिनेश एफएमले फेयर प्ले अवार्ड जित्यो । जेठ ४ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको थियो ।
विजयी खेलाडीलाई प्रदेशसभा सदस्य हर्क कुँवर, आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझा, कैलाली जिल्ला खेलकुद विकास समितिका बरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह लगायतले पुरस्कृत गरे । प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसले मुख्य प्रायोजन गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]