6 years ago
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रोशन नगरकोटी र आइस तामाङ लक्ष्मी कुमार श्रेष्ठ मेमोरियल छैटौ इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । रोशन पुरुषतर्फको रिकर्भ मेन्स इन्डिभिजुअल मा तथा आइसा रिकर्भ महिला इन्डिभिजुअल च्याम्पियन बन्न सफल भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार रोशन नगरकोटीले कास्कीका असिम शेरचनलाई ६–० ले हराए । आर्मीका खुम कुमालले पुलिसका प्रेम प्रसाद पुनलाई ७–३ ले पराजित गर्दै तेस्रो स्थान हात पारे ।
महिलामा आर्मीकी आइसाले आर्मीकै मित्र राईलाई ६–२ ले पराजत गर्दै च्याम्पियन बनिन् । कास्कीकी विष्णुमाया लिम्बुले कास्कीकै रश्मी दर्लामीलाई ६–४ ले पराजित गर्दै तेस्रो स्थान हात पारिन् ।
रिकर्भ मेन्स टिममा आर्मीले नेपाल मगर समाजलाई ६–२ ले पराजित गर्दै च्याम्पियन बने । कास्कीले पुलिसलाई ६–४ ले पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । कम्पाउन्ड मेन्स एण्ड वुमन्समा बेस्टका प्रसाद आचार्यले राजधानी दैनिकका सनातन मल्ललाई पछि पार्दै च्याम्पियन बने ।

प्रसादले १३९ तथा सनातनले १३१ अंक जोडे । थसााङ स्पोर्टस् क्लबका रमेश भट्टचनलले कास्कीका योगेन्द्र शेरचनलाई पछि पार्दै तेस्रो स्थान हात पारे । रमशेशले १३६ तथा योगेन्द्रले १३२ अंक जोडे ।
स्ट्यान्टडर्ड मेन्स एकलमा अन्नपुर्णका राजकुमार छन्त्यालले सुमन गुरुङलाई ६–० ले पराजित गर्दै उपाधि जिते । बेस्टका प्रान्जल राईले हिमालयन भोटेका राजु छन्त्याललाई ६–० ले हराएर तेस्रो स्थान हात पा¥यो ।
स्ट्यान्टडर्ड गल्र्स एकलमा अन्नपुर्णकी अनुषा गुरुङ र बेस्टकी आस्ना लामालाई ७–३ ले हराएर उपाधि जितिन् । आर्मीकी कल्पना अधिकारीले आर्मीकै मन्जु बजगाईलाई ६–४ ले पराजित गर्दै तेस्रो थान हात पारिन् ।
स्ट्यान्टडर्ड मेन्स टिममा अन्नपुर्ण आर्चर क्लबले नेपाल आर्मीलाई ६–४ ले हराउदै स्वर्ण जिते । थसाङले हिमालयन भोटेलाई ६–२ ले हराउदै तेस्रो बन्यो । स्ट्यान्टडर्ड मिक्स टिममा अन्नपुर्ण आर्चरी क्लबका अनुषा गुरुङ र राजकुमार छन्त्यालको जोडीले बेस्टका आस्ना लामा र प्रान्जल राईको जोडीलाई ६–४ ले हराउदै स्वर्ण जित्न सफल भए ।
आर्मीका मन्जु बजगाई र कमल दानीको जोडीले एपीएफकी गीता खत्री र लक्षुमन तामाङको जोडीलाई ६–० ले हर्रार तेस्रो स्थान हात पा¥यो ।
विजयी टिम तथा खेलाडीहरुलाई नेपाल कराते महासंघका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीको निर्देशक महेन्द्र राई, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ र महासचिव रमेश शिवाकोटी लगायतले पुरस्कृत गरे । दुई दिने च्याम्पियनसिपमा ४७ पुरुष र १९ महिला गरी कुल ६६ आर्चरहरुले सहभागिता जनाएका छन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]