6 years ago
July 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ सदस्य सचिव नियुक्त भएका छन् । नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्ती भएको लगत्तै उनलाई सोमबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयपछि मन्त्री विश्वकर्माबाट आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सिलवालले सपथ लिएका छन् । सिलवालले आजै पदभार ग्रहण गर्ने बताइएको छ । आइतबार मात्र भलिबल संघको कार्यसम्पादन समितिको बैठकले सिलवाललाई राखेप बोर्ड सदस्य नियुक्त गर्न मन्त्रीलाई सिफारिस गरेको थियो । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते ४ वर्षे कार्यकाल सकिएको थियो ।

त्यसपछि रिक्त रहेको सदस्य सचिवमा सिलवाललाई नियुक्त गरेको हो । राखेप सदस्यहरु मध्येबाट मन्त्रीस्तरीय निर्णयबाट ४ वर्षका लागि राखेप सदस्य सचिव नियुक्त गर्ने प्रावधान छ ।
निर्वतमान सदस्य सचिव विष्ट र सदस्य राजेन्द्र श्रेष्ठको पदावधि हालै टुंगिएको थियो । राष्ट्रिय संघहरुको सिफारिसमा ३ सदस्य राखेप बोर्डमा सदस्य नियुक्त हुने प्रावधान छ । संघको सिफारिसमा रहेका दावा गुरुङ राखेप सदस्य छन् ।

प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकुद मन्त्री अध्यक्ष छन् । प्रधानमन्त्रीको निकट मानिने सिलवाल पूर्व सदस्य सचिव विष्टले पूर्नगठन गरेको नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष हुन् ।
हिसान र गोल्डेन गेट कलेजका अध्यक्ष समेत रहेको सिलवाल मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष हुन् । उनी क्यानको उपाध्यक्ष समेत रहिसकेका छन् ।

प्रधानमन्त्री केपी ओली, उप प्रधानमन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री विश्वकर्माको सहमतिमा पनि सिलवाललाई सदस्य सचिव बनेका हुन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]