6 years ago
July 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)-– एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । जुनदेखि सञ्चालनमा आएको एक्टिभमा फिटनेस सेन्टर, स्विमिङ पुल र दुई वटा फुटसल पिच रहेका छन् ।

फुटसल विकासका लागि दीर्घकालिन योजनाका साथ काम गर्ने लक्ष्यसहित सुरुवातमा यो प्रतियोगिता गर्न लागेको एक्टिभले जनाएको छ । दुई साताको शनिबार (साउन ११ र १८ गते) हुने प्रतियोगितामा पहिलो शनिबार समूह चरण र दोस्रो शनिबार नकआउट चरणका खेल खेलाइने बताइएको छ ।
प्रतियोगितामा सहभागि टोली चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नबिल , ग्लोबल आइएमइ, नबिल, कुमारी र लक्ष्मी बैंक र समूह ‘बी’मा सिद्धार्थ, सिटिजन, मेघा, माछापुच्छ«े, एनआइसी एसिया बैंक रहेको छ ।
एसीसी, राबीबी, सिभिल, प्रभु र सेन्चुरी समूह ‘सी’मा तथा हिमालय, एनएमबी, सनराइज, नेपाल बंगलादेश र बिओके समूह ‘डी’मा छन् । राउन्ड रोविनपछि समूहका शीर्ष २ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
साउन १८ हुने फाइनलको विजेताले उपाधि १ लाख, दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले कम्लेम्समा रहेको स्विमिङ पुलमा एक वर्ष सम्म निशुल्क पौडी खेल्न पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]