default_image

6 years ago

July 25, 2019

एएफसी फुटसल छनोट – नेपाल समूह ‘ए’मा

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल च्याम्पियनसिप २०२० को छनोट चरणका लागि नेपाल समूह ए मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आज बिहीबार समूह विभाजनमा नेपाल मध्य र दक्षिण क्षेत्रको समूह ‘ए’ मा परेको हो ।

नेपालसहित समूह ‘ए’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन् । मध्य र दक्षिण क्षेत्रको समूह ‘बी’ मा इरान, तुर्केमिनिस्तान र किर्गिज रिपब्लीक छन् । छनोट खेल इरानमा अक्टोबर १६ देखि २७ सम्म हुनेछ एएफसीले जनाएको छ ।

पूर्वी पश्चिम र दक्षिणी क्षेत्रका देशलाई ६ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनलमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केमिनिस्तानले सोझै फाइनल चरण खेल्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.