default_image

6 years ago

July 27, 2019

अन्तर बैंक फुटसल – कुमारी र मेगा बैंक भिड्ने

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबार भएको पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको पहिलो दिन समूह ‘ए’बाट कुमारी बैक विजेता र ग्लोबल आइएमइ बैंक उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छन् ।


एनआइसी एसिया बैंक विजेता र मेगा बैंक उपविजेताका रुपमा समूह ‘बी’बाट तथा सिभिल बैंक विजेता र प्रभु बैंक उपविजेताका रुपमा समूह ‘सी’बाट रुपमा क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै समूह ‘डी’बाट हिमायन बैंक विजेता र एनएमबी बैंक उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छन् ।

अब सेमिफाइनल प्रवेशका लागि साउन १८ गते कुमारी र मेगा तथा एनआइसी एसिया र ग्लोबल आइएमइबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सिभिल र एनएमबी तथा हिमालयन र प्रभुबीच अन्तिम आठमा प्रतिस्पर्धा हुनेछ । सहभागी २० बैंक मध्ये पहिलो दिन समूह चरणका खेलबा ८ टोली अघिल्लो चरणमा प्रवेश गर्दा बाँकी टोली समूह चरणबाटै बाहिरिएका छन् ।

साउन १८ हुने फाइनलको विजेताले उपाधि १ लाख, दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले कम्लेम्समा रहेको स्विमिङ पुलमा एक वर्ष सम्म निशुल्क पौडी खेल्न पाउनेछन् । मोरङ अटो वर्कसपको प्रायोजना रहेको प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.