default_image

6 years ago

July 28, 2019

फुटसल राष्ट्रिय खेलाडीको छनोट यसै महिना

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्य तिर अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटसल टोलीका लागि ट्रयाल लिने भएको छ । अक्टोबरमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटका लागि एन्फाले राष्ट्रिय टोली तयारीका लागि खुला ट्रयाल लिन लागेको हो ।

एन्फाले शनिबार सुचना जारी गर्दै इच्छुक फुटसल खेलाडीलाई छनोटमा भाग लिन अव्हान गरेको छ । यसरी इच्छुक खेलाडीले २ सय ५० रुपैयाँ शुल्क तिरेर साउन २६ गते सम्म दर्ता गर्न सक्नेछन् । एन्फा केन्द्रिय सद्रय एवंम फुटसल समितिका संयोजक दावा लामाका अनुसार साउन २७ देखि ३१ गते सम्मा भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा खेलाडीहरुका ट्रयाल लिइनेछ ।

संयोजक लामाका अनुसार २६ गते सम्म दर्ता हुन नसकेका खेलाडीले पनि ५ दिने ट्रयाल लिन पाउनेछन् । उनका अनुसार काठमाडौं उपत्यका बाहिरका जिल्लामा फुटसल खेलाडी रहेको अवस्थामा सम्बन्धित जिल्ला संघले सिफारिस गर्ने सक्ने व्यवस्था गरिएको बताएका छन् ।

५ दिनको ट्रयालबाट ३० देखि ३५ खेलाडी छनोट गरिने संयोजक लामाले बताए । त्यसपछि झन्डै २० दिन प्रशिक्षक विष्णु गुरुङले उनीहरुलाई प्रशिक्षण दिनेछन् । त्यसबाट १४ सदस्यीय टोलीको अन्तिम छनोट गरिनेछ । त्यसरी तयार हुने टोलीले इराजनमा अक्टुबलमा हुने समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ ।

जसमा नेपालसहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।
राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनलमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केमिनिस्तानले सोझै फाइनल चरण खेल्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.