6 years ago
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले आइतबार विष्णुलाई फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै गौरव बस्नेत सहायक प्रशिक्षक नियुक्त भएका छन् । उनीहरुले ५ भदौबाट शुरु हुने बन्द प्रशिक्षणबाट प्रशिक्षण शुरुवात गर्नेछ । फुटसल कमिटिले शनिबार ३० सदस्यीय खेलाडी छनोट गरिएको बताएपनि आइतबार खेलाडी थप गर्दै ३७ सदस्यीय प्रारम्भक टोली घोषणा गरेको छ ।
भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा २७ साउनबाट ३१ साउनसम्म भएको ओपन ट्रायलबाट फुटसलमा लेभल वान कोचिङ गरेका ११ प्रशिक्षकले प्रारम्भिक खेलाडी छनोट गरेको हो ।
फुटसल कमिटिका संयोजक तथा एन्फाका केन्द्रिय सदस्य दावा लामाले दक्षिण एसियाली खेलकुद सागका लागि प्रशिक्षणमा रहेको यु–२३ राष्ट्रिय टोलीका ५ खेलाडीलाई प्रारम्भिक चरणमा राखिएको बताए ।
छनोट भएका खेलाडीहरुको ५ भदौबाट बन्द प्रशिक्षण शुरु हुने संयोजक लामाले बताए । बन्द प्रशिक्षण दौरान नै खेलाडीहरुको फिजिकिल फिटनेससँगै स्किल टेस्ट हुने छ । २० भदौसम्ममा १४ सदस्यीय टोलीको अन्तिम छनोट गरिनेछ ।
त्यसरी तयार हुने टोलीले अर्काे वर्ष इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ । छनोट खेल ताजिकिस्तानमा अक्टोवरमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।
नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।
राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केनिस्तानले सोझै फाइनल चरण खेल्नेछ ।
प्रराम्भिक टोली
सुमित आले, नेत्र बहादुर श्रेष्ठ, अनिष श्रेष्ठ, रविचन्न्द्र थापा, नवीन लामा, आदिल हामिद, विजय श्रेष्ठ, विनोद गुरुङ, आशिष लामा, अमित लामा, दिपेश घले, निर्मल गुरुङ, अभय राना, विजय गुरुङ, आशिष कपाली, सन्दीप कार्की, विश्वजित राई, एलिक तामाङ, जेनिस प्रजापति, मनि लामा, सरोज तामाङ, प्रवेश जोशी, दिपेश श्रेष्ठ, रुपेश क्षेत्री, क्रिजल खड्का, उर्जेन शेर्पा, राफी महर्जन, मनिष सेढाई, मिसन लामा, सन्जय राजवहाक, विजय बोहरा, हिमसेल जिसी
वैकल्पिक खेलाडी
मनोज तामाङ, सुरज गुरुङ, विजय श्रेष्ठ, अरुज सिंह र सुशान श्रेष्ठ
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]