default_image

6 years ago

August 27, 2019

एनओसीमा २७ प्रतिनिधि २६ उम्मेदवार, टण्डन र तिम्सिना निर्विरोध

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभामा प्रतिनिधि २७ जनामा १ जना बाहेक सबैले उम्मेदवारी दिएका छन् । एनओसीका पूर्व अध्यक्ष ध्रुबबहादुर प्रधानबाहेक सबै प्रतिनिधिले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।

२० गते हुने निर्वाचनले १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ उपमहासचिव, ३ सचिव र ७ सदस्य छन् । एनओसीका २७ एसोसिएट सदस्यका प्रतिनिधिले निर्वाचनमा मतदान गर्नेछन् ।

अध्यक्षका लागि २, उपाध्यक्षका लागि ५, महाचिवका लागि २, सचिवका लागि ४ तथा सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा फेरि पनि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । चार वर्षअघि पनि यी दुईबीच प्रतिस्पर्धा हुँदा जीवनरामले बाजी मारेका थिए ।

अर्को कार्यकारी पद महासचिवमा धेरैको उम्मेदवारी पर्ने चर्चाकाबीच अहिलेका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र सदस्य निलेन्द्रराज श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । लाखे उमेशलाल र निलेन्द्रले जीवनरामको पक्षबाट उम्मेदवारी दिएको चर्चा छ ।

सबै भन्दा बढी अनेपक्षित रुपमा उपाध्यक्षमा उम्मेदवारी परेको छ । महासचिवका उम्मेदवारी भनिएका अधिकांशले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

लन टेनिसका ज्योति राणा, सुटिङका पुष्पदास श्रेष्ठ, पौडीका अशोकमान बज्राचार्य, ह्यान्डबलका तेज गुरुङ, टेबल टेनिसका चतुरानन्द राज वैद्य, फेन्सिङका सुनिल श्रेष्ठ, र्याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ, कुस्तीका समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् ।

३ सचिवका लागि ४ जनाको उम्मेदवारी
विधान संसोधनपछि थप गरिएको ३ सचिवका लागि ४ हेभिवेटको उम्मेदवारी परेको छ । जसमा संघिय सांसद तथा तुल्सी थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव केशवकुमार विष्ट, जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ रहेका छन् ।

कोषाध्यक्ष, उप-महासचिव निर्विरोध
यसैबीच १९ सदस्यीय एनओसी कार्यसमितिका लागि २ पदाधिकारी निर्वारोध निर्वाचत भएका छन् । एनओसीका कोषाध्यक्ष रतन तण्डनले फेरि सोही पदमा उम्मेदवारी दिदा उनलाई चुनौति दिने अर्को निस्केनन् । त्यस्तै राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना पनि उप महासचिवमा बाजी मारेका छन् । त्यो पदमा पनि उनको बाहेक उम्मेदवारी परेन । पहिलो पटक एनओसीको साधारण सभामा भाग लिनेले सदस्यबाहेक उप महासचिव र सचिवमा मात्र उम्मेदवारी दिन पाउने वैद्यानिक व्यवास्था छ ।

७ सदस्यका लागि ८ को उम्मेदवार
७ सदस्यका ८ जनाको उम्मेदवरी परेको छ । जसमा गल्फका तासी घले, फुटबलका दीर्घबहादुर केसी, आर्चरीका रमेशप्रसाद शिवाकोटी, भलिबल संघका मनोरञ्जन रमण शर्मा, तेक्वानदो प्रकाश शम्सेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, बक्सिङका राम अवाले, बास्केटबलका होमबहादुर दोड छन् ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.