6 years ago
September 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जल्स स्कुल (एलए) स्कुलले मणि बिक्रम शाह स्मृति अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा एलएले माउण्ट ग्लोरी स्कुललाई ४–२ गोल अन्तरले हराँउदै पहिलो सस्करणको च्याम्पियन ट्रफि उचालेको हो ।
एलएको जितमा सिद्धान्त ठाकुरले २ गोल गर्दा मुनाल थापा र विकास पुनले समान एक गोल गे । माउण्ट ग्लोरीका एलेक्स पौडेल र संजय लामाले गोल फर्काए । उपाधि बिजेता टिमले २५ हजार र उपबिजेता टिमले १५ हजार नगद प्राप्त गरेका छन् । ब्यक्तिगत पुरस्कारतर्फ एलएले वर्चस्व जमायो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एलएका बिसम पुनले हात पार्दा उत्कृष्ट गोलरक्षकमा एलएका आकाश राई चुनिए । त्यस्तै प्रतियोगिता अवधिभर ४ खेलबाट ९ गोल गरेका एलएका सिद्धान्त ठाकुरले हाईस्कोर कर्ताको उपाधि जिते । बिजेता टिम तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, प्रिन्सिपल मुकुन्द शर्मा, स्वर्गिय शाहकी धर्मपत्नि नविना शाहलगायतले पुरस्कृत गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]