default_image

6 years ago

October 20, 2019

राष्ट्रिय फुटसल टोली इरान प्रस्थान

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट चरण खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आइतबार इरान प्रस्थान गरेको छ ।

छनोट चरणका खेलहरु इरानमा २३ अक्टोवरबाट २५ अक्टोवरसम्म आयोजना हुदैछ ।  नेपाली टोलीको कप्तानी पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङले गर्नेछन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारै बिदाई गरेको थियो ।

सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केमिनिस्तानले सोझै फाइनल चरण खेल्नेछ । एएफसी फुटसल च्याम्पियनसिप २०२० तुर्केमिनिस्तानमा आयोजना हुदैछ ।

फुटसल टोली

१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अनिश श्रेष्ठ, ५.अरुज सिंह, ६.विजय गुरुङ, ७.विजय श्रेष्ठ, ८.बिनोद गुरुङ, ९.मणि लामा, १०.निर्मल गुरुङ, ११.सन्जोक चाम्लिङ राई, १२.सरोज तामाङ, १३. सुमित आले, १४.सुरज गुरुङ

मुख्य प्रशिक्षक – विष्णु गुरुङ
प्रशिक्षक – गौरव बस्नेत

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.