6 years ago
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक पहिलो पटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ । बुधबार सुरु हुने प्रतियोगिता मंसिर १ गते सम्म चल्नेछ । यसअघि ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको संघले च्यालेन्ज पहिलो पटक आयोजना गर्न लागेको हो ।
२५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको च्यालेन्जमा २१ राष्ट्रका १ सय ४९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५ विधामा हुने प्रतिस्पर्धामा पुरुष एकलमा ६७, महिला एकलमा ३८, पुरुष युगलमा २१, महिला युगलमा १७ र मिक्स युगलमा २२ खेलाडी सहभागिता निश्चित भइसकेको संघले जनाएको छ ।
प्रतियोगितामा नेपाल सहित, भारत, जापान, थाइल्यान्ड, कोरिया, रशिया, बंगलादेश, युएसए, क्यानडा, मालदिभ्स, युक्रेन, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, मलेसिया, ट्रर्की, इन्डोनेसिया, भुटान, पाकिस्तान, इरान र इंग्ल्यान्डका खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगितमा झन्डै ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २० लाख रुपैयाँ योनेक्स सनराइजले ६ हजार डलर, ब्याडमिन्टन एसियाले ११ हजार अमेरिकी डलर सहयोग गरेको जानकारी दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]