default_image

6 years ago

November 15, 2019

शीर्ष वरियताकी थाइ खेलाडी सेमिफाइनलमा

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्न बुरानाप्रसेर्तुक योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज अन्तर्गत महिला एकलको सेमिफाइनलमा पुगेकी छिन् । च्यालेन्जमा पहिलो वरियतामा रहेकी पोर्नले पाँचौं वरियताकी अष्ट्रेलियन श्वान यु बेन्डी चेनलाई सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

चेन दुवै सेटमा समान २१–११ ले पराजित भइएकी थिइन् । फाइनल प्रवेशका लागि पोर्नले जापानकी रिको गुन्जीको सामना गर्नुपर्नेछ । रिकोले आठौं वरियताकी भारतीय खेलाडी तन्भी लाडलाई २१–१९, २१–१६ ले हराएकी थिइन् ।

जापानकी अकारी नाकासिजु र दक्षिण कोरियाकी गा युन पार्क पनि महिला एकलको सेमिफाइनलमा पुगेका छन् । अकारीले भारतकी तेस्रो वरियताकी मुग्धा आग्रेलाई २१–१४, २०–२२ र २१–१५ ले हराइन् । पार्कले कोरियाकै सियोङ मिन किमलाई दुवै सेटमा समान २१–१९ ले पराजित गरिन् ।

महिला युगल तर्फ अष्टे«लियामा सेत्याना मापसा र ग्रोन्या सोमरभिल्लेको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखलाई २१–११, २१–१० ले हराउँदै सेमिफाइनल पुगेका छन् । भारतका के. मनिषा र रुतपर्ना पान्डाको जोडीले कोरियाका किम मिन जी र गा युन पार्कको जोडीलाई २१–२३, २१–१०, २१–१७ ले पराजित गर्दै अन्तिम चारमा पुगे ।

थाइल्याण्डका चासिनी कोरेपाप र क्वान्छानोक सुद्जाईप्रपरतको जोडी तथा रुईथाचोनोक लाईसुवान र सुपामार्त मिङचुवाको जोडीले पनि सेमिफाइनल पुगेको छ । दोश्रो वरियताका चासिनी र कोरेपापको जोडीले भारतका अपर्ना बलान र त्रिसा जोलीको जोडीलाई २१–१३, २१–१७ ले हरायो । त्यस्तै लाईसुवान र मिङ्गचुवाको जोडीले बंगलादेशका अक्तर सल्पा र अलिना सुल्तानका्े जोडीलाई २१–१४, २०–२२ र २१–१५ ले पराजित गर्यो ।

पुरुष युगल तर्फ भारतका एमआर अर्जून र ध्रुव कपिलाको जोडी अष्ट्रेलियाका सिमोन विङ हाङ ल्युङ र मिचेल ह्विलरको जोडीलाई २१–५, २१–१६ ले हराउँदै अन्तिम चारमा पुग्यो । यस्तै कोरियाका ना सुङ सिउङ र वाङ छानकाको जोडीले थाइल्याण्डका चालोएम्पोन चारओएन्कीतामोर्न र कित्तिसाक नामदासको जोडीलाई २१–१८, १७–२१, २१–१७ ले हरायो ।

भारतका आत्री मनु र रेड्डी बि. सुमेथको जोडीले जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडीलाई २१–१२, २१–१५ ले तथा कोरियाका किम दुक्योङ र किम सा राङ्गको जोडीले थाइल्याण्डका रुत्तनपाक आउपथोङ्ग र नान्थाकार्न योर्दफाईसोङको जोडीलाई २१–१०, २२–२० ले हराउँदै सेमिफाइनल पुगेका छन् । २५ हजार अमेरिकी डलर पुरस्का रहेको च्लालेन्ज नेपाल ब्याडमिन्टन संघले पहिलो पटक आयोजना गरेको हो । यसअघि संघले सिरिज आयोजना गर्दै आएको थियो । च्यालेन्ज आइतबार सकिनेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.