default_image

6 years ago

November 16, 2019

थाइल्यान्डकी पोर्नतिप र दक्षिण कोरियाकी गा युन फाइनलमा भिड्ने

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र दक्षिण कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज ब्याडमिन्टनको महिला एकल उपाधिका लागि भिड्ने भएका छन् ।

दशरथ रंगशालास्थित कर्भड हलमा शनिबार भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुन्जीलाई २१–१७, २१–१५ लाई कोरियाकी गा युन जापानकै अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

पुरुष एकलतर्फको उपाधिका लागि भियतनामका काव सुओङ र अदुलराच नामकुल उपाधिका लागि भिड्ने भएका छन् । समिफाइनलमा छैटौं वरियताका कावले सातौं वरियताका भारतका सिरिल बर्मालाई २१–११, २१–१६ ले र आठौं वरियताका अदुलराचले पाँचौ वरियताका झिआउदोङ सेङलाई २१–१४, २१–१९ ले हराउँदै अन्तिम भेट पक्का गरेका हुन् ।

महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले तथा भारतका मनिषा के. र रुतापर्ना पान्डाको जोडी फाइनलमा पुगेको छ । प्रतियोगिताको शीर्ष वरियताका सेताना र ग्रोन्याको जोडीले थाइल्याण्डका रुईथाईचानोक लैसुवान र सुपामार्त मिङ्गचुवाको जोडीलाई १८–२१, २१–१६, २१–१३ ले हरायो । चौथो वरियताका मनिषा र रुतापर्नाको जोडीले थाइल्याण्डकै चासिनी कोरेपाप र क्वान्छानोक सुजाईप्प्रापरतको जोडीलाई १७–२१, २३–२१, २१–१७ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको हो ।

पुरुष युगल तर्फ भने भारतका खेलाडीबीच फाइनल प्रतिस्पर्धा हुने भएको छ । पहिलो सेमिफाइनलमा अत्री मनु र रेड्डी बि. सुमिथ को जोडीले कोरियाका किम दोक्योङ र किम सा राङ लाई १८–२१, २१–१९, २१–१९ ले हरायो । एम. आर. अर्जून र ध्रुव कपिलाको जोडीले कोरियाका ना सुङ सिउङ र वाङ चानको जोडीलाई २१–१६, २१–१६ ले पराजित गर्दै फाइनलको यात्रा तय गरयो ।

मिक्स युगल तर्फ थाइल्याण्डका सुर्पाक जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडी र कोरियाका किम सा राङ र किम हा नाको जोडी फाइनल पुगेको छ । थाइल्यान्डको जोडीले कोरियाका ना सुङ सिउङ र किम मिन जीको जोडीलाई २५–२३, २१–१० ले र कोरियाको जोडीले भारतका रेड्डी बि. सुमिथ र कुहो गार्गको जोडीलाई १५–२१, २२–२०, २१–१७ ले पराजित गर्यो । २५ हजार अमेरिकी डलर पुरस्कार रहेको च्याम्पियनसिपको सबै विद्याका फाइनल आइतबार हुनेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.