6 years ago
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष यो पुरस्कार दिदै आएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे ।
यसरी पुरस्कृत हुनेमा करातेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अकिारी र विकबहादुर थामी छन् । त्यस्तै राष्ट्रिय फुटबल टोली की सावित्रा भण्डारी, राष्ट्रिय क्रिकेटका करण केसी, शारीरिक सुगठनकाकी रजनी श्रेष्ठ, तेक्वान्दोका भुवन सार्की र पारा क्रिकेटका हिमाल अर्याल छन् ।
५ खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गरे । पुरस्कार छनोट समितिले दिएको अंकका आधारमा बराबर अंक प्राप्त गरेको भन्दै अनु र विकलाई समान ५० हजार रुपैयाँ प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
प्रशिक्षकबाट जगदिश भट्ट, निर्णायकबाट फिफा रेफ्री सुदीश पाण्डे र व्यवास्थकपतर्फ प्याराग्लाडिङका शैलेन्द्र राउत सम्मानित भए । भट्टको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो ।
पाण्डे एक दशकयता फिफा रेफ्रीका रुपमा कार्यरत छन् । राउत व्यवास्थापक रहेको प्याराग्लाडिङ टोलीले गत वर्ष इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा रजत पदक जितेको थियो । भट्ट, पाण्डे र राउतले पनि जनही १ लाख रुपैयाँ प्राप्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका संघहरु मध्येबाट यसपटक नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको छ । संघकातर्फबाट अध्यक्ष रामजीबहादुर श्रेष्ठले सम्मान ग्रहण गरे । संघले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]