6 years ago
December 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा बिहीबार भएको प्रि–क्वाटरफाइनल खेलमा प्रिन्सले मलेसियाका चोङ इ ज्याकलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । एकपक्षीय खेलमा प्रिन्सले २१–९ र २१–८ को सहज जित निकाले ।
पुरुष एकलकै प्रि–क्वाटरफाइनलमा नेपालका देवराज राना भारतका जिनाना हर्स जेटीसँग २१–१९ र २१–१९ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका छन् । यस्तै नेपालका अन्य तीन टोली पनि क्वाटरफाइनलको यात्रा तय गर्न सफल भएको छ ।
पुरुष डबल्समा प्रिन्स र देवराज, मिक्स डबल्समा प्रिन्स र रशिला महर्जन तथा महला डबल्समा रशिला र जेसिका गुरुङको जोडी अन्तिम आठमा पुग्न सफल भएको हो । पुरुष डबल्समा प्रिन्स र देवराजको जोडी घरेलु टोली बंगलादेशका रहमान र मोहम्मद जोयद विनलाई २१–१० र २१–१५ ले पराजित गर्दै क्वाटरफाइनल पुग्न सफल भएको छ ।
महिला एकलमा रशिला महर्जन भारतकी आध्य पारासरसँग २१–८ र २१–१३ ले पराजित हुदै प्रि–क्वाटरफाइनलबाट बाहिरिएकी छन् । क्वाटरफाइनलमा खेलहरु शुक्रबार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]