default_image

6 years ago

February 2, 2020

न्यू डायमन्ड शीर्षस्थानमा, पुलिसको दोहोरो जित

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै डायमन्ड शीर्ष स्थानमा उक्लन सफल भएको हो ।


अपराजित रहेको डायमन्डको ४ खेलबाट १२ अंक पुगेको छ । समान खेलबाटै एपिएफको ११ अंक छ । मुख्य स्पाइकर प्रतिभा मालीविनै लिग खेलिरहेको डायमन्डले पहिलो सेटमा २५–१३ को सहज जित निकाल्यो ।

दोस्रो सेटमा पनि २५–१० को सहज जित हात पारेको डायमन्डले तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो । तीन भारतीय खेलाडी समेटेपनि ढोरपाटनले न्यु डायमन्डलाई कुनै पनि सेटमा गतिलो चुनौती पेश गर्न सकेन । ढोरपाटनको ३ खेलबाट ६ अंक छ ।

आइतबारै विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित हात पारेको छ । पुलिसले पहिलो खेलमा चुली युवा क्लबलाई तथा दोस्रो खेलमा पारामान्ट स्कुलमाथि सहज जित निकाल्यो । दोहोरो जितसँगै पुलिसको ४ खेलबाट १० अंक जोडेको छ ।

पुलिसले पहिलो खेलमा चुलीमाथि २५–१०, २५–१० र २५–१४ को सहज जित निकाल्दा दोस्रो खेलमा पारामाउन्टमाथि २५–९, २५–१० र २५–११ को सहज जित निकाल्यो ।
आइतबारै उपाधि दावेदार एपिएफले सेव स्कुलमाथि २५–५, २५–४ र २५–१२ को सहज जित निकाल्यो ।

अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले बुलबुले रारा भलिबल क्लबको चुनौती ३–० को सोझो सेटमा पन्छायो । एकपक्षीय खेलमा आर्मीले बुलबुलेमाथि २५–२०, २५–१० र २५–२१ को सहज जित निकाल्यो ।

आर्मीले ३ खेलबाट ६ अंक जोड्यो । पहिलो हार बेहोरेको बुलबुलले ४ खेलबाट ९ अंक जोडेको छ । लिगमा पारामाउन्टले ३ अंक जोडेको छ । चुली र सेवले अंक जोड्न सकेको छैन । चितवन टाइग्रेसले एक खेल पनि खेलेको छैन ।
प्रतियोगितामा सोमबार शनिबार लाइट प्रोटेस्टका कारण रोकिएको खेलसँगै ६ खेल हुने आयोजकले जनाएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.