default_image

4 years ago

February 3, 2020

प्रतिभाको घुँडाको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल स्टार होङ्ग्वान्जी न्यु डायमन्डकी प्रतिभा मालीको घुडाँको सफल शल्यक्रिया भएको छ । प्रतिभाको बायाँ घुडाँको आइतबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा सफल शल्यक्रिया भएको हो । सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घँडाकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए । शल्यक्रिया […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल स्टार होङ्ग्वान्जी न्यु डायमन्डकी प्रतिभा मालीको घुडाँको सफल शल्यक्रिया भएको छ । प्रतिभाको बायाँ घुडाँको आइतबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा सफल शल्यक्रिया भएको हो ।

सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घँडाकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गर्न करिब ४ घण्टा समय लागेको थियो । डा. श्रेष्ठले अप्रेसन अघि एमआरआई रिपोर्टमा प्रतिभाको घुँडामा तीन वटा मुख्य समस्या रहेको बताएका थिए ।

बाहिरबाट हेर्दा ठिकै देखिएपनि क्लिनिकल्ली रुपमा प्रतिभाको घुडाँको एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखिएको थियो । डा. श्रेष्ठले अप्रेसन योजना अनुरुप नै भएको र उनलाई पुरानै अवस्थामा खेलमा फर्कन ९ महिनासम्म लाग्ने बताएका छन् । अब प्रतिभा नियमित रुपमा रिह्याबमा व्यस्त हुनेछिन् ।

प्रतिभा गत १० माघमा पाँचौ संस्करणको आरबीबी एनभिए क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन् । एपिएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२–२० को अग्रता बनाएको स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा चोट लागेको थियो । मैदानमा लड्ने बितिक्कै निकै पिडामा रहेपछि उनलाई स्ट्रेचरमा ब्लु क्रस अस्पताल लगिएको थियो ।

सुरुवाती एक्सरे रिपोर्ट र त्यसपछि एमआरआई गरिएको थियो । एमआरआई रिपोर्टपछि उनको घुडाँको शल्यक्रिया नै गर्नुपर्ने भएको थियो । त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन् ।

नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक रजतपदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.