default_image

6 years ago

February 4, 2020

अपराजित एपिएफको दोहोरो जित

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।

अपराजित रहेको एपिएफले पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो ।

पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित निकालेको एपिएफले दोस्रो खेलमा आयोजक ढोरपाटनमाथि २५–६, २५–८ र २५–५ को सहज जित हात पा¥यो । दोहोरो जितसँगै एपिएफले ७ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ ।

दोस्रो स्थानको पुलिसको ६ खेलबाट १६ अंक रहेको छ । अपराजित रहेको पुलिसले मंगलबारै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा जित हात पारेको थियो । पुलिसले आर्मीलाई २५–२२, २५–२१, २०–२५ र २५–२२ को सेटमा हराएको थियो । आर्मीको ५ खेलबाट ९ अंक छ ।

यस्तै तीन इरानी खेलाडी समेटेको चितवन टाइगर्सले शतप्रतिशत जितलाई निरन्तरता दिदा चुली युवा क्लबमाथि २५–९, २५–११ र २५–११ को सहज जित हात पारेको छ । चितवनको यो लगातार तेस्रो जित हो । चितवनको ३ खेलबाट ९ अंक पुगेको छ ।

यस्तै पारामाउन्टले लिगमा पहिलो जित हात पार्ने क्रममा सेवमाथि २५–२३, २५–२३ र २५–१९ को सहज जित निकालेको छ । पारामाउन्टले ८ खेलबाट ३ अंक जोडेको छ । ७ खेल खेलेको सेव र ६ खेल खेलेको चुलीले अंक जोड्न सकेको छैन ।

होङ्ग्वान्जी न्यु डायमन्ड स्पोट्र्स क्लब र बुलबुले रारा भलिबल क्लबबीचको खेल लाइट प्रोटेस्टका कराण स्थगित गरिएको छ । लिगमा बुधबार ५ खेल हुने आयोजकले जनाएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.