6 years ago
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा रहेको छ ।अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियता क्रममा नेपाल ८७ औं पर्न सफल भएको हो ।

यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा उल्लेख छ । अघिल्लो वर्ष नेपाल १ सय २१ औं स्थानमा थियो । वरियता क्रममा नेपालको ५७ अंक छ । फिभले अघिल्लो १ वर्षभित्र गरेको प्रदर्शनको आधारमा एक वर्षको लागि वरीयता निर्धारण गर्ने गर्दछ । वरीयता १ फ्रेब्रुअरी २०२० बाट ३१ जनवरी २०२० मा लागु हुने गर्दछ ।
छिमेकी प्रतिद्धन्द्धी भारत ९७ अंकसहित ५४औं स्थानमा छ । इरान ८९ अंकसहित ६३औं स्थानमा छ । श्रीलंका ७९ अंकसहित ७१आं स्थानमा छ । ५० अंक रहेको अफगानिस्तान १२१औं स्थानमा छ । बंगलादेश, भुटान पाकिस्तान, किर्गिस्थान, मंगोलिया, फिलिपिन्स उज्वेकिस्तान र तुर्केमिनिस्तानको समान ५० अंक छ ।
३ सय ९१ अंक रहेको चीन विश्व वरियताको शीर्ष स्थानमा छ । ३ सय ८२ अंकसहित अमेरिका दोस्रो स्थानमा, ३ सय २८ अंक जोड्दै ब्राजिल तेस्रो स्थानमा छ । इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।
नेपाली महिला भलिबल टोलीले पछिल्लो समयमा लगातार उच्च प्रदर्शन गरिरहेको छ । कात्तिकमा बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएके थियो ।

मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पटक रजत पदक जितेको थियो । नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो । यसअघि तीन पटक कास्य पदक जितेको नेपालले सागमा पहिलो पटक रजत पदक जितेको थियो ।
पुरुषतर्फ ५० अंक रहेको नेपाल १ सय ३८औं स्थनमा छ । पुरुषतर्फ ब्राजिल ४ सय २७ अंकसहति शीर्षस्थनमा छ । पोल्यान्ड, अमेरिका, रुस, अर्जेन्टिना, फ्रान्स, इटाली, इरान, जापान र क्यानडा शीर्ष १० भित्र छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]