6 years ago
February 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्याक्रेड हार्ट एकडेमीकी शिरुषा भुजुले अन्तर विद्यालय गर्ल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेकी छिन् ।

शनिबार कीर्तिपुरस्थित टीयू कभर्ड हलमा भएको प्रतियोगिताको फाइनलमा विभूति माविकी प्राश्ना श्रेष्ठलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ११-७ ले जितेकी शिरुषाले दोस्रो सेट ११-८ ले जित्दै उपाधि हात पारेकी हुन् । विभूतिकै पान्जोम लामा र प्रज्ञा सदन माविकी सिमोन राईले तेस्रो स्थान हासिल गरे ।
त्रिभुवन विश्वविद्यालयको खेलकुद विज्ञानले आयोजना गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । एकदिने प्रतियोगिता नकआउट पद्दतिमा खेलाइएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]