default_image

6 years ago

February 27, 2020

डच इन्टरनेसनलमा प्रिन्सको विजयी सुरुवात

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले डच जुनियर इन्टरनेसनल २०२० मा विजयी सुरुवात गरेका छन् । च्याम्पियनसिपको दोस्रो दिन बिहीबार प्रिन्सले रसियाका अर्टुर पेचिकिनलाई २१–१४ र २१–१३ को सोझो सेटमा हराएका थिए ।

प्रशिक्षक कमलेश निरौलानका अनुसार च्याम्प्यिनसिपमा सातौं वरियता प्राप्त प्रिन्स जितपछि अन्तिम ३२ मा पुगेका छन् । मार्च १ सम्म हुने यो च्याम्प्यिनसिपछि प्रिन्सले जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन् । प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को जुनियर वरियतामा ११औं स्थानमा रहेका छन् । दुवई जुनियर सिरिजका विजेता प्रिन्सले यि दुई सिरिजमा सातौ वरीयता पाएका छन् ।

र्याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्ने मौका पाएका हुन् । प्रिन्स युरोपियन राष्ट्रमा गएर बिडब्लुएफको प्रतियोगिता खेल्ने पहिलो नेपाली जुनियर खेलाडी हुन् । प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को जुनियर वरियतामा ११औं स्थानमा रहेका छन् । दुवई जुनियर सिरिजका विजेता प्रिन्सले यि दुई सिरिजमा सातौ वरियता पाएका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.