default_image

6 years ago

February 28, 2020

वीरगन्ज म्याराथन जित्नेलाई टिभिएस स्कुटरसहित नगद

128 views

0 Bookmark

वीरगन्ज (हाम्रो खेलकुद)– एकताका लागि दौड भन्ने नाराका साथ वीरगन्ज म्याराथन शनिबार आयोजना हुँदैछ ।

नेपाली सेना मध्य प्रितना र २८ बाहिनी, वीरगन्ज महानगरपालिका र भ्रमण वर्ष २०२० को प्रदेश २ को कार्यालयको संयुक्त आयोजनामा हुँदै म्याराथनमा झन्डै ५ हजार दौडने आशा गरिएको छ ।

वीरगन्जमा पहिलो पटक आयोजना हुन लागेको म्याराथनलाई टिभिएसले मुख्य प्रायोजन गरेको छ । स्वच्छ देश स्वस्थ मधेश सन्देशसहित सेना दिवसको उपलक्ष्यलाई समेत पारेर म्यानराथन आयोजना गरिएको बताइएको छ । सेनाले काठमाडौंमा पनि फागुन ३ गते म्याराथन आयोजना गरेको थियो ।

वीरगन्ज म्याराथनमा १४ इभेन्ट समावेश गरिएको र ४५ पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ । जसमा महिला/पुरुष फुल म्यराथन (४२.१९५ किमी), हाफ म्याराथन (२१ किमी), १० किमी, ५ किमी छात्राछात्रा दौड, ४० वर्ष माथि गैर सैनिक र भूपूर्वक सैनि, ५ किमि हेरिटेज वाक, १ किमी जेष्ठ नागरिक दौड र १ किमी ह्विलचियर दौड समावेश गरिएको छ ।

महिला /पुरुष दुवैतर्फको विजेताले समान पुरस्कार पाउने बताइएको छ । म्यराथनको विजेताले टिभिएसको स्कुटर र १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त हात पार्नेछन् ।

त्यस्तै हाफ म्यराथनको विजेताले ७५ हजार रुपैयाँ पाउने बताइएको छ । विभागिय टोली खेलाडीले हाफ म्याराथन जितेमा गैर विभागिय खेलाडीतर्फबाट पनि विजेता बन्नेलाई पनि समान पुरस्कार दिइने बताइएको छ ।

खेलकुद र सामाजिक सद्भाव जोडिएको वीरगन्ज म्याराथनको मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै टिभिएसको अधिकारिक विक्रेता जगदम्बा मोर्टस्का मार्केटिङ म्यानेजर नवराज कोइरालाले भने,‘ भविष्यमा पनि हामी यस्ता र अन्य खेलकुदका कार्यक्रममा पनि निरन्तर जोडिने छौं ।’

म्याराथनका विजेतालाई प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र अन्य अतिथिले पुरस्कृत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.