6 years ago
March 7, 2020
ठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र काठमाडौंकी सन्तोषी श्रेष्ठ वीर गणेशमान सिंह एडिडास १०–के रोड रेस प्रतियोगिताको च्याम्पियन बनेका छन् । गोपीचन्द्र पुरुषतर्फ र सन्तोषी महिलातर्फ च्याम्पियन बनेको हो । शनिबार बिहान रोड रेसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी गोपीले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बने ।

एपीएफका खिम बहादुर खत्रीले ३४ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान हात पार्दा कर्णाली स्पोर्ट्स क्लबका नरेश बुढाले ३४ मिनेट ३५.१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । श्रीकेश राई अभिषेक पाचोक्ति, नन्दनाथ योगी, निर्जेन गुरुङ, शेर थारु, सुनिल बुढाथोकी र पारस शाही शीर्ष १० मा रहे ।
महिलातर्फ सागकै स्वर्णधारी सन्तोषीले निर्धारित १० किलोमिटर दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पुरा गरिन् । एपिएफकी ब्रिन्द्रा श्रेष्ठले ४० मिनेट ११.२९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान हात पारिन् । एपिएफकै फुलमती राना ४० मिनेट ५८.११ सेकेण्डसहित तेस्रो भइन् । बिर्सना कुमाल, रेखा बिष्ट, लेसी, जुनेली सुनार, निर्जला ताम्रकार, रजिना दुलाल र निशा थापा शीर्ष १० मा रहे ।
उपाधिसँगै सन्तोषी र गोपीले समान ६० हजार रुपैया प्राप्त गरे । यस्तै दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैया हात पारे । चौथो १० हजार तथा पाँचौ हुने ५ हजार रुपैया हात पारे । छैटौ देखि १०औं सम्मले ४ हजार रुपैया बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंह, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कृत गरे । एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिको आयोजनामा भएको रोड रेसमा करिव ३ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
रेस दरवारमार्गस्थित एडिडास शोरुमबाट सुरुभई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः एडिडास शोरुम दरबारमार्गमा आएर टुंगिएको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]