6 years ago
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जुनियरतर्फ विश्ववरियताको सातौं स्थानमा रहेका ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । काठमाडौं डल्लुमा अवस्थित कञ्चनजंघा इन्टिग्रेटेड स्कुल (किम्स) ले प्रिन्सलाई मंगलबार स्कुलको खेलकुद सप्ताहको समापनको अवरमा सम्मानित गरेको हो ।

स्कुलले प्रिन्सले खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै सम्मानपत्रले सम्मानित गरेको हो । प्रिन्स एक साताअघि विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले जारी गरेको जुनियर वरीयतामा उनी सातौ स्थानमा रहेका थिए ।
यो नेपाली ब्याडमिन्टन इतिहासकै सबैभन्दा ऐतिहासिक उपलब्धि हो । हालसम्म जुनियर वरीयतामा नेपालका कुनै पनि खेलाडीले शीर्ष १० भित्र अटाउन सकेका थिएनन् । प्रिन्ससहित ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लुएफ)का लाइन जज तथा नेपाल ब्याडमिन्टन एसोसिएसनका राष्ट्रिय रेफ्री उदय अर्यालले खेलकुद सप्ताहमा पदक जित्न सफल खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

प्रिन्सलाई सम्मान गर्दै किम्सका प्रिन्सिपल किरण बस्नेतले प्रिन्सजस्तो अद्भुत क्षमता भएको खेलाडी पहिचान गरी राज्यले उचित सम्मान तथा आवश्यक प्रशिक्षण दिन सके नेपाली ब्याडमिन्टन र प्रिन्सले अझै विश्व ब्याडमिन्टनमा थप उचाई लिन सक्ने बताए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]