6 years ago
April 3, 2020
दिपक न्यौपाने, बुटवल
डढ दशक अघि स्थापाना भएको बुटवल ब्याडमिन्टन क्लबले खेलकुदका साथै सामाजिक कामलाई पनि निरन्तरता दिदै आएको छ । क्लबले विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ महामारीको रुप लिइरहेका बेला त्यो संक्रमणबाट जोगिनका लागि बुटवल उप महानगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

खेलाडी र पदाधिकारीहरुबा संकलन भएको २ लाख १७ हजार ८ सय ७१ रुपैयाँ क्लबले कोषलाई हस्तान्तरण गरेको छ । माँझगाँउस्थित बुटवल ब्याडमिन्टन क्लबको कर्भड हलमा आयोजित कार्यक्रममा बुटवल उप महानगरपालिकाका मेयर शिवराज सुवेदी तथा वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाइ हस्तान्तरण गरिएको क्लबका सचिव शम्भु भट्टराईले जानकारी दिए ।
क्लबले चलाएको अभियानमा क्लबमा आबद्ध खेलाडीमध्येका ६० जनाले आर्थिक सहयोग गरेका थिए । विश्व स्वास्थ संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिम भएको देशका रुपमा राखेकोले सरकारले चैत ११ गते देखि लकडाउन गर्दै आएको छ । लकडाउनका कारण स्थानिय स्तरमा विपन्न वर्गलाई पर्ने मर्कामा परेकाले उनीहरुलाई सहयोग गर्न प्रकोप व्यवस्थापन कोषहरु खडा गरिएका छन् ।

उपमहानगरपालिकाका मेयर सुवेदीले खेलकुदको विकाससगै सामाजिक काममा पनि सत्रिय भएकोमा क्लब र त्यसका खेलाडीको प्रशंसा गरे । उनले विश्व नै विषम परिस्थितिबाट गुज्रिरहेकोले सबैले आ आफ्नो ठाँउबाट सकारारत्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष क्षेत्रीले संस्थागत रुपमा वडामा ठुलो सहयोग आएको बताए ।
बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पंकज ज्ञवाली, कोषाध्यक्ष दलबहादुर खत्री, राजेन्द्र ढकाल, सुरज खत्री, भानु खत्रि, नारायण प्रसाद घिमिरे, अर्जुन कार्की, शेरबहादुर भण्डारी, आयुषजग कार्कीको उपस्थिति थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]