6 years ago
April 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीकी उत्पादन तथा राष्ट्रिय भलिबल स्टार कृपा अधिकारीले दुई उत्कृष्ट अवार्डसहित नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदको कोर्ष पुरा गरेकी छिन् ।

कृपाले बुधबार २४ महिने लामो क्याडेट कोर्स पुरा गरेकी हुन् । कोर्समा महिलातर्फ पहिलो भएकी कृपाले दुई अवार्ड ‘केन अफ अनर’ र ‘बेस्ट इन एकेडेमिक अवार्ड’ समेत हात पारिन् । कृपालाई उक्त अवार्ड प्रधानसेनापति पुर्णचन्द्र थापाले प्रदान गरेका थिए ।

तालिममा जसमा ११४ जना पुरुष, १४ महिला र ४ विदेशीसहित १३५ जना रहेका थिए । जसमा महिलातर्फ कृपा दुई अवार्डसहित पहिलो हुन सफल भएकी हुन् । २० वर्षीय कृपा बिहीबारै आफ्नो युनिट जवरजंग गण देवीघाट त्रिशुली नुवाकोट प्रस्थान गरेकी छन् । कृपाले २०७५ बैशाखमा सहायक सेनानी पदमा खुल्ला प्रतिस्पर्धाबाट लोक सेवाको परीक्षामार्फत नाम निकालेकी थिइन् । उनले वैशाखदेखि नै भक्तपुरको खरीपाटीमा रहेको नेपाली सैनिक प्रतिष्ठानमा कोर्स गरेकी थिइन् ।

कोर्स पुरा गरेपछि हाम्रो खेलकुदसँग कुराकानी गर्दै सेटर कृपाले भलिबल छोड्न नसकिने बताएकी छिन् । उनले छिट्टै भलिबलमा देख्न पाइने समेत बताइन् । ‘न्यु डायमन्ड, प्रशिक्षक कुमार राई र भलिबलले नै मलाई यहाँ सम्म ल्याएको हो । भलिबल छोड्ने कल्पना गर्न सकिन्न,’ कृपाले भनिन्, ‘मेरो सोच अझै पनि भलिबल खेल्ने नै छ । केहि ढिलो हुन सक्छ, म भलिबलमा अवश्य फर्कने छु । निरन्तर भलिबलमै हुने चाहना छ । त्यसपछि मात्रै राष्ट्रिय टोलीको लागि बाटो खुल्नेछ ।’

कृपा घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु डायमण्ड एकेडेमीको महिला भलिबल टिमको दोस्रो ब्याचकी खेलाडी हुन् । न्यु डायमण्डमा कृपा आउनुभन्दा अघि विना मोक्तानले सेटरको भुमिका निभाउथिन् । विना हाल रोजगारीको सिलसिलामा दुवईमा रहेकी छिन् । न्यु डायमण्डलाई घरेलु प्रतियोगिताहरुमा थुप्रै पटक विजेता र उपविजेतासम्म पुर्याउन कृपाको योगदान महत्वपूर्ण रहेको छ । क्याडेतथा कोर्समै रहँदा कृपाले छिटफुट आर्मीको महिला भलिबल टोलीबाट केही खेलहरु खेलेकी थिइन् ।

कृपाले नेपालमै २०१४ मा माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । उनले १२ औं दक्षिण एसियाली खेलुकद (साग) मा पनि राष्ट्रिय टिमको प्रतिनिधित्व गरेकी थिइन् ।
कृपालाई नेपाली राष्ट्रिय टिमको सेटरको रुपमा हेरिएको थियो । तर, कोर्स गर्नुपर्ने भएपछि उनले भलिबललाई निरन्तरता दिन असमर्थ रहँदा प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप र १३औं सागसमेत गुमाएकी थिइन् । सेन्ट्रल जोनमा नेपाल च्याम्पियन तथा १३औं सागमा दोस्रो भएको थियो ।

यो पनि :
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]