default_image

6 years ago

May 8, 2020

कमल र प्रेम युरोपियन पुम्सेको शीर्ष २४ मा

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कमल श्रेष्ठ र प्रेम बहादुर लिम्बु पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्सेअन्तर्गत ३० वर्षमुनितर्फको शीर्ष २४ भित्र अटाएका छन् ।

जर्मनीमा भएको च्याम्पियनसिपमा सागका पदक विजेता कमल शीर्ष २२ भित्र तथा प्रेम बहादुर बोटे शीर्ष २४ मा अटाउन सफल भएका हुन् । सागका अर्का पदक विजेता जित बहादुर बोटे भने ३७ औं स्थानमा रहन सफल भएको लक्ष्मणबहादुर ऐरले जानकारी दिएका छन् ।

प्रतिस्पर्धीले भिडियो पठाएर प्रतियोगितामा भाग लिएका हुन् । मंसिरमा भएको १३ औं सागमा कमलले पुम्सेमा स्वर्ण पदक तथा जित र प्रेमले कास्य पदक जितेका थिए ।

सबै खेलाडीहरुको पुम्से भिडियोको यु ट्यूव लिंकमार्फत २८ अप्रिलमा पठाइएको लक्ष्मणले बताए प्रतियोगिताको नियम अनुसार हरेक खेलाडी ले समान ३/३ वटा यु ट्यूव लिंक हरेक यू ट्यूव लिंकमा २–२ वटा पुम्से गरी एक जनाको जम्मा ६ पुम्सेको भिडियो पठाएको थियो ।

सबै भिडियो युटुवमा अपलोड गरेर त्यसको लिंक आयोजकलाई पठाइएको थियो । लक्ष्मणले सहभागीका लागि समन्वय गरेका थिए भने नामावली नेपाल तेक्वान्दो संघमार्फत पठाइएको थियो । प्रतियोगितामा अनलाइन विभिन्न ७२ देशका १ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा १० मार्चसम्म चल्नेछ ।

हरेक उमेर समूहका शीर्ष ३ म आउने खेलाडीले पदक प्राप्त गर्नेछन् । त्यस्तै सबैभन्दा धेरै लाईक र धेरै सेयर बटुल्ने भिडियोले समान २ सय ५० युरो पुरस्कार स्वरुप प्राप्त गर्न बताइएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.