6 years ago
May 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन् ।

दीपक र आयशाले केन्द्रमै पुगेर १० बोरा चामल, चिउरा २ बोरा, दाल २ बोरा , तेल १ कार्टुन, नुन १ बोरा, भुजा १ बोरा, चिनी ५ केजी, चियापत्ती १ केजी, चाउचाउ ४ कार्टुन, बिस्कुट २६ दर्जन हस्तान्तरण गरेका थिए । खाद्यान्न सामाग्री केन्द्रका संस्थापक अध्यक्ष कृष्णराज गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
उक्त सामान खरिदका लागि आफ्ना बाबु जुजुरत्न शाक्यले पनि आर्थिक सहयोग गरेको आयशाले जानकारी दिइन् । आशया र दीपक श्रीमान् श्रीमती हुन् । आयशाले केहि दिन अघि कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहिनलाई खाद्यान्न वितरण गरेकी थिइन् ।

अध्यक्ष गुरुङका अनुसार केन्द्रको स्थापना २०६५ मा भएको थियो । अध्यक्ष गुरुङका अनुसार केन्द्रमा ४० केटा र १५ केटीहरु रहेका छन् । अनाथ रहेको गाँउपालिका र जिल्लाको सिफारिस पछि मात्र केन्द्रले आश्रय दिदै आएको उनले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा बागमति प्रदेश सभासद गणेशप्रसाद दुलाल र काठमाडौं महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटालगायतको उपस्थिति थियो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]