default_image

6 years ago

May 31, 2020

खेलाडीलाई पारा तेक्वान्दो को सहयोग

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पारा तेक्वान्दो समितिले काठमाडौं उपत्यकामा रहेको आफ्ना खेलाडीलाई आर्थिक र खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेपछि आफ्नो खेलाडीलाई कठिनाइ भएपनि समितिले उनीहरुलाई सहयोग गरेको हो ।

उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना ७ खेलाडीलाई उनीहरु बसेको ठाँउ पुगेर आइतबार खाद्यन्न र आर्थिक सहयोग प्रदान गरिएको समितिका सदस्य दीपक विष्टले जानकारी दिए । सहयोग पाउने पारा तेक्वान्दो खेलाडीमा दिशेप महत, रञ्जना धामी, राम अधिकारी, पलेसा गोबद्र्धन, सृजना तामाङ, सिता भण्डारी र लोकराज शाही छन् ।

समितिका सदस्य रोसिद उन्निथान, सदस्य हेमन्त भट्टराई, ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव कुमार लामाले खेलाडीलाई खाद्य सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । खेलाडीका लागि उन्निथनले खाद्य र नगद तथा मेन्टर इन्स्टच्युट प्रालीका प्रबन्ध निर्देशक समेत रहेका भट्टराईले नगद सहयोग गरेका थिए ।

भट्टराईले पाराका खेलाडीलाई प्रायोजन गर्दै आएका छन् । नेपाल तेक्वान्दो संघ अन्र्तगत रहेको पारा समितिको अध्यक्ष कसिम मियाँ रहेका छन् । अध्यक्ष मियाँले खेलाडी समितिकै परिवार भएकाले उनीहरुलाई अप्ठ्यारो पर्दा समिति सधै साथमा रहने बताएका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.