default_image

6 years ago

June 4, 2020

खड्का भर्चुअल पुम्से च्याम्पियनसिपमा निर्णायक, ६ खेलाडी पनि सहभागी

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपका लागि निर्णायक मण्डलमा मनोनित भएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा  च्याम्पियनसिप हुन लागेको हो । खड्काका अनुसार उनीसहित १३ राष्ट्रका निर्णायक च्याम्पियनसिपका लागि मनोनित भएका छन् ।

एसियाबाट छनोट हुनेमा खड्का एक्लो हुन् । खड्काको मनोनयका लागि नेपाल तेक्वान्दो संघसँग स्वीकृति पनि लिएको बताइएको छ । ४ दिने प्रतियोगिता जुम प्रविधिमार्फत प्रत्यक्ष हुनेछ । च्याम्पियनसिप नेपाली समय अनुसार आज राती १२ः०० बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीको सहभागिता रहेको पनि खड्काले बताए ।

प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) का अध्यक्ष समेत रहेका खड्काले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले दुई महिना भन्दा लामो समयदेखि लकडाउन गरेको छ ।

यस कारण विपन्न परिवारलाई आर्थिक कठिनाई परिरहेको छ । त्यस्ता परिवारलाई सहयोगमा खड्का सक्रियतापूर्वक लागेका छन् । च्याम्पियनसिपबाट प्राप्त हुने पारिश्रमिक पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोग गरिने आयोजकले जनाएको खड्काले बताए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.