default_image

6 years ago

June 5, 2020

आयशा र दीपकको मनकारी जोडी

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पतिपत्नी ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले कठिन अवस्थामा रहेका झन्डै २ सयलाई शुक्रबार खाना खुवाएका छन् ।

भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त तथा कोरोना भाइरस कोभिड १९ का कारण काम विहिन भएका झन्डै २ सय जनालाई खाना खुवाएका छन् । ठिमीको एक खाली चौर, क्यान्सर अस्पतालको बाहिर र सूर्य विनायक चोक नजिक खाना खुवाइएको थियो ।

मानव सेवा आश्रमको भक्तपुर कौशलटारस्थित प्रदेश ३ को कार्यलयसँगको सहकार्यमा दीपक र आयशाको जोडीले खाना खुवाएका हुन् । मानव सेवा आश्रमले पछिल्लो ६० दिन देखि उनीहरुलाई खाना खुवाउँदै आएको छ ।  आश्रमका सद्भाव दुत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सल्लाहमा आश्रममार्फत सेवा गरिएको दीपकले बताए ।

मानव सेवा आश्रम सातै प्रदेशका १४ जिल्लाका १९ ठाँउमा रहेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । आश्रममा देशभर झन्डै १ हजार १ सय आश्रिम छन् । बालबालिकाको लागि बालगृह, बृद्ध आश्रम त्यसमा पनि मानसिक अवस्था कमजोर भएकाहरुलाई मुख्यत मानव सेवामा आश्रित दिएको बताइएको छ । आश्रम २०६९ मा हेटौडाबाट सुरु भएको थियो ।

दीपक र आयशाको जोडीले कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहिनलाई र बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन् । सागका पदक धारी खेलाडी मन्डेकाजी श्रेष्ठ, अनु अधिकारी, उषा भण्डारीलगायतले पनि लकडाउनका कारण कठिनाईमा परेका मजदुर र अन्यलाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।

मंसिरमा सम्पन्न १३ औं सागमा आयशाले तेक्वान्दो पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् । दीपकले सागमा लागतार ४ स्वर्ण पदक जित्दै कीर्तिमान रचेका थिए । दीपक र आयशालेसँगै सन् २००६ को एसियाली खेलकुदमा कास्य पदक जितेका थिए । त्यस्तै ११ औं सागमा स्वर्ण पदक जितेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.