default_image

4 years ago

July 29, 2020

सपथमा छाएका खेलकुद मन्त्रालयका सचिव थपलिया

91 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

देशमा जुनै पार्टीको सरकार आएपनि कर्मचारीलाई स्थायी सरकार मानिन्छ । फरक राजनीतिक आस्थाबाट आउने नेतृत्व र विधिअनुसार चल्ने प्रशासनिक क्षेत्रबाट आउने कर्मचारीबीच बेला बेला टकराव पनि हुने गरेको छ ।

सामन्यतया राजनीति अलि भावना बाट चल्छ भने प्रशासनले विधि विधानलाई प्राथमिकतामा राख्ने प्रयास गर्छ । स्थायी सरकारले विधिलाई पछ्याउँछ भन्ने छनक युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष र सदस्य सचिवको सपथका दौरान देखियो ।

मन्त्री परिषद्को सोमबार बसेको बैठकले राखेपमा शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नवनियुक्त उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवाललाई सपथ गराए ।

मन्त्रालयमा आयोजित सपथको औपचारिक कार्यक्रममा सपथपछि सदस्य सचिव सिलवाल, उपाध्यक्ष कोइराना र मन्त्री विश्वकर्माले छोटो छोटो मन्तव्य राखेका थिए । सबैको मन्तव्य आ-आफ्नो विषयमा केन्द्रित थियो । तर कार्यक्रमको अन्तिममा बोलेका मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने सबैको ध्यान खिचे ।

सचिव थपलियाले नवनियुक्त राखेप पदाधिकारीसँगै राखेप कर्मचारीलाई आ आफ्नो दायरा ख्याल गर्न आग्रहपूर्वक चेतावनी दिन भ्याए । राखेप पदाधिकारीले विगतमा भाषण गर्नु क्रममा हचुवामा बोल्ने गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘पदाधिकारीले जहाँ गयो त्यहि गएर रंगशाला बनाइदिन्छौं भनेर नबोल्दिनु होला । खेलकुद सिमित साधन श्रोतबाट चल्नु पर्ने बाध्यता छ । मन्त्रालयकै बजेट कम भएपछि त्यहिबाट खेलकुदमा जाने भएकाले घोषणा गरे जसरी बजेट दिन कठिन हुन्छ ।’

खेलकुदका धेरै संरचनाले मात्र विकास नहुने विगतबाट पाठ सिक्नु पर्नेमा पनि थपलियाले जोड दिए । ‘धेरै संरचना र धेरै पदाधिकारी भएर मात्र खेलकुदको विकास हुँदैन भन्ने विगतबाट पाठ सिक्नुपर्छ’, उनको जोड थियो,‘ हामीलाई एक्सन, प्रतियोगिता, धैरै भौतिक पूर्वाधार , धेरै भन्दा धेरै खेलाडीको क्षमता विकास गर्नका लागि गर्नका लागि तालिम चाहिएको छ ।’

गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सफल आयोजनाले एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै सचिव थपलियाले आउने दिनमा पनि त्यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताए । ‘साग प्रतियोगिताको आगमनसँगै राखेपले एउटा व्यवस्थित तरिकाले गरे हुँदोरहेछ भन्ने परिणाम हाम्रा अगाडि छ । भोली पनि त्यसैगरि अघि बढ्नुपर्ने हुन्छ,’ उनले थपे, ‘धेरै संरचना भन्दा पनि धेरै बजेट र कार्यक्रम चाहिएको छ । हालको बजेट कोरोनाका कारण कम आएको होला, तर आउने दिनमा यसलाई बढाउनु आवश्यक छ । राष्ट्रिय क्यालेन्डर चाहिएको छ । क्यालेन्डर बनाएर अघि बढ्ने ऐनमा पनि छ ।’

राखेपका कर्मचारीका विषयमा मन्त्रालयमा विभिन्न कोणबाट टिका टिप्पणी हुने गरेकोतर्फ संकेत गर्दै सचिव थपलियाले भने, ‘राखेपका साथीहरुले कार्यसम्पादनमा सुधार गर्नु पर्दछ । अब हिजोकै ढंगले अघि बढ्न सकिन्न । विगतमा कर्मचारी पनि पदाधिकारी पनि रहेको स्थिति थियो । नयाँ ऐनले कर्मचारी र पदाधिकारीलाई प्रष्ट छुट्टाउने अवधारणा ल्याएको छ ।’

खेलकुदमा समस्या ल्याउनेमा त्यहिका कर्मचारीको भूमिका रहेको भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यहि भएका कारणले कर्मचरी र पदाधिकारीमा डिमार्केसन आवश्यक रहेको र ऐनले त्यसलाई व्यवस्थित गरेको थपलियाले बताए ।

उनले कर्मचारलाई न्यूट्रलमा राखेको मोटरसाइकल वा गाडीको संकेत दिदै नेतृत्वको विश्वास लिएर काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘विषयमा आ-आफ्नो तर्क हुन सक्छ तर अन्ततः हामीले पदाधिकारीको निर्णयको कदर गर्नेपर्ने हुन्छ । नेतृत्वलाई चुनौती दिनु मात्र धर्म होइन । हामीले निर्णय गर्ने क्रममा आफ्नो तर्क प्रस्तुत गरेर सहि दिशा दिने प्रयास गर्ने हो,’ उनले भने ।

थपलियाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई एतिहासिक दस्तावेजका रुपमा रहेको दाबी समेत गरे । ‘मन्त्रालयमा सह सचिवको भूमिका पनि निर्वाह गरे । अहिले सचिवको भूमिकामा छु । खेलकुद क्षेत्रमा एतिहासिक रुपमा को २९ वर्षपछि ऐन आयो’, उनले भने, ‘संघिय ढाचा अनुसार ऐन आएको छ । म आफैं पनि राज्यको अन्य तहमा काम गरेकोले त्यसको अनुभवले पनि काम गर्न सहज भएको छ । अहिले मन्त्रालयले दिएको जिम्मेवारीको समन्वय गर्न पाएकोमा खुसी तथा आभार व्यक्ति गर्दछु ।’

ऐनमा भविष्यमा सुधार ल्याउँदै जान सकिने भएपछि कम्तीमा ५ वर्षलाई अहिलेकै व्यवस्थामा चल्ने संकेत गरे । ‘सरकारले चाहेको खण्डमा परिवर्तन हुन सक्छ । त्यसबाहेक ५ वर्षपछि मात्र यो ऐनको समिक्षा हुनेछ,’ उनले भने ।

खेलकुद अन्तर्गत प्रदेशमा पनि नयाँ ऐन लागु हुने पनि सचिव थपलियाले प्रष्ट पारेका छन् । ‘सबैलाई  नयाँ ऐनबारे जानकारी हुनुपर्दछ । खेलकुदको क्षेत्र साझा अधिकारको सुचिको विषय हो । यो ऐन नेपाल भर लागु छ । यो ऐन समयमा बनाउन नसकेकोले प्रदेश सरकारले अलग्गै एने र संरचना बनाउनु भएको हुन सक्छ’, उनले भने, ‘अब यहि ऐन अनुसार मिलाउँदै जानु पर्ने बाध्यतात्मक अवस्था छ । पछि मिलाउँदै जानु हुन्छ भन्ने विश्वास लिएका छौं ।’

विगतमा मन्त्रालय भन्दा राखेपलाई बलियो राखिएको भन्ने मन्त्रालयका कर्मचारीहरुमा गुनासो हुने गरेको थियो । दुई वर्षभन्दा लामो समय लगाएर आएको ऐनमा मन्त्रालयलाई बढी अधिकार प्रत्योजन गरिएको छ । जसको झलक सचिव थपलियाले बुधबार सपथमा दिएका थिए ।

सचिव थपलियाले नै राखेप उपाध्यक्ष र सदस्य सचिवलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । मन्त्रालय र राखेपका सदस्य सचिवमा मार्यादाक्रममा को ठूलो भन्ने बहस पनि हुने गरेको थियो । ऐनको नयाँ व्यवस्था अनुसार मन्त्रालयकै सचिवको संयोजकत्वमा राखेप सदस्य सचिवको सिफारिस हुने गरेपछि मर्यादाक्रममा सचिव ठूलो भन्ने सन्देश पनि दिएको छ ।

यो पनि पढ्नुहोस :

 

पहिलो इनिङका हिट सिलवाल होलान् त फिट?

 

May 8, 2024

अन्तर्राष्ट्रिय गल्फ दिवस– सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो । काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, गल्फ संघका […]

May 8, 2024

मुख्य प्रशिक्षक कपालीलाई दोहोरो जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा ३ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको राखेपले जनाएको छ । समितिका सदस्यमा नायब वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला […]

May 8, 2024

हेटौंडालाई बागमती अन्तरपालिका भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हेटौडा उप महागनरपालिकाले पहिलो बागमती अन्तरपालिका स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । प्रकाश दाहालको स्मृतिमा प्रज्ञा स्मृतिको आयोजना भएका प्रतियोगिताको बुधबार भएको फाइनल थाहा नगरपालिकाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हेटौडाले उपाधि जितेको हो । सुरुवाती दुई सेट गुमाएको हेटौडाले २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले जितेको थियो । प्रतियोगितामा […]

Success

Thank you for your time.